अहिले १ नम्बर प्रदेशभरी चर्चामा रहेको एउटा संस्था चर्चामा छ ।नाम हो ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) को नाममा करिब १५ दिन को समय मा ३०० जना भन्दा बढी लाई प्रत्यक्ष रुप मा जोडेको यस संस्थाले संगठन बिस्तार तेज गतिमा अगाडि बढाइरहेको छ । युवा विद्यार्थी हरुले सैद्धान्तिक ,बैचारिक राजनीति गर्न छोडेको यो बेलामा अध्ययनमा सबैलाइ प्रोत्साहन गर्ने भनिएको यो संस्था के हो? आइसिडी १ नं प्रदेस कमिटी सचिब भीष्म पौडेल संग हाम्रो बिर्तामोड संबाददाता भविस्य क्षेत्री संग गरिएको अन्तर्वार्ता को एक अंश ।
__________________________________________________________________________
आइसिडी भनेको केहो? यो कस्तो संस्था हो?
icd मार्क्सवाद अध्ययन केन्द्र अन्तर्गतको एक अध्ययशिल संस्था हो।मार्क्सवादमा बिश्वास र चाख राख्ने सम्पुर्ण युवा विद्यार्थी लाई संगठित गर्दै यो बारेमा छलफल चलाउने संस्था हो ,जसमार्फत सैद्धान्तिक रुपले पछि पर्दै गएको मार्क्सवादी चिन्तनलाई परिस्कृत र बिकशित गर्दै बिचार,चेतना र सिद्धान्त अनुरुपको मार्क्सवादी पार्टी तयार गर्ने हाम्रो सोच पनि हो ।
यस्मा जोडिने क्राइट एरिया के के हुन?
प्रथम कुरो यस संस्थामा आवद्ध हुन मार्क्सवादी चिन्तनलाई आत्मासाथ गर्न सक्नुपर्यो, सिक्ने र सिकाउने कुरोमा अग्रसर हुनपर्यो। सिद्धान्तमा मात्र नभएर आचरणमा पनि प्रतिबद्ध हुनपर्यो, मार्क्सवादी सोचलाई सकेसम्म समाजमा बुझाउन,या छलफलको बिषय बनाउन लगायतका काममा लाग्ने इच्छाशक्ति भएको हुनपर्यो।
कार्यक्रम हरु गर्न त फन्ड हरु चाहिएला नि कसरी म्यानेज गर्ने सोच्नुभएको छ?
जे काममा पनि रकम आवश्यक छ नै,अहिले नै हामिलाइ रकम चाहिसकेको अवस्था पनि होइन ,Zoom मिटिङ बाट मिटिङ गोस्टी गर्दैछौ । शुरुवाती अवस्थामा छौ हामी अहिले,भविस्य मा कार्यक्रम मा फन्ड चाहिए आन्तरिक रुप मा ब्यवस्थापन गर्ने गरी अघि बढ्ने सोच छ ।
मार्क्सवाद नै अधय्यन गर्न अझै किन त्यत्रो आवस्यक पर्यो र यत्रो संस्था खडा गर्नुभयो? के संसार मा मार्क्सवाद पछि कुनै बिचार आएनन? डेड सय बर्स देखि को त्यही मार्क्सवादी अझै कति अधय्यन गर्ने?आज सम्म के छुट्यो होला जुन अब प्राप्त होला?
एकदमै गम्भिर प्रश्न उठाउनु भयो मार्क्सवाद सिद्धान्त मात्र होइन नि यो त एउटा जिवन नै हो नि, कुनै पनि बिचार लाई नया बिचार ले किन बिस्थापन गर्छ? जब त्यस बिचार भन्दा उत्तम बिचार ले जन्म लिन्छ तब मात्रै पुरानो बिचार कामबिहिन बन्छ तर बर्ग को सवाल मा संसार मा मजदुर ,सर्वहारा बर्ग हरुको मुक्तिको लागि आज सम्म मार्क्सवाद भन्दा उत्तम बिचार जन्मेकै छैन । जुन दिन नया बिचार ले जन्म लिएर त्यो बाट चै बर्गसमाज को अन्त्य हुने देखिएछ भने त्यस दिन देखि हामी मार्क्सवाद छोडेर नयाँ बिचार माथी छलफल चलाउला तर ७००० बर्स भन्दा पुरानो बर्गसमाज लाई एक चोटि च्यालेन्ज गरेर विश्वका विभिन्न ठाउमा आफ्नो ब्यवस्था निर्माण गरिसकेको मार्क्सवाद भन्दा अर्को विचार आज सम्मचै हामिले प्राप्त गर्न सकेका छैनौ ।
विभिन्न कारणहरुले ती ब्यवस्था हरुले टिक्न सकेनन तर त्यो भन्दा उत्तम ब्यवस्था को कल्पना गर्ने दर्सन मार्क्सवाद भन्दा अर्को छैन । त्यसैगरी अहिलेका युवा सिद्धान्त त बुझ्नै चाहदैनन पनि कसैले बुझाउन चाहे जस्तो पनि देखिदैन, त्यसकै फलस्वरुप आजका हामी युवा कार्यकर्ता "अरिङ्गाल" मात्र हुन प्रतिस्पर्धा चलेको छ, कोहि सैद्धान्तिक रुपले कार्यकर्ता हुन मन गर्दैन पनि सिद्धान्त बुझ्दैन पनि, यस्तै हो भने नेपालको मार्क्सवादी पार्टीको अवस्था कालान्तरमा भयावह हुने निश्चित छ, त्यो खतरा हाम्रो पार्टीमा नआओस सबै नेता कार्यकर्ता सैद्धान्तिक रुपले प्रशिक्षित भई एउटा सभ्य र भब्य मार्क्सवादी पार्टी बनोस भन्ने हाम्रो चाहना हो।
गुट राजनीति लाई प्रशय दिने नेताको नाम का फाउन्डेसन हरु जस्तै हो यो पनि भन्ने आरोप छ यस्मा के भन्नू हुन्छ?
हिजोकाले जे गरे आजकाले यस्ता आरोप लाउन सक्ने गरि मात्र गरे, तर हिजो गणतन्त्रको बिरोध गर्ने नै आज १ नम्बर गणतन्त्रवादी भएका देख्नुभएकै छ नि, युद्ध र बिचारको सफलतासम्मको साथमा कमै मान्छे भए पनि यसको जस लिनेको भिड निक्कै ठुलो हुन्छ, त्यस्ता आरोप लाउनेहरुलाई पनि म सम्मान नै गर्छु, किनकि पछि हाम्रो सफलताको जस लिने समुह नै यहि हो।
के कस्ता भावी कार्ययोजना हरु छन त? के यस्ले साच्चै अध्ययन मा युवा हरुलाइ प्रोत्साहित गर्छ त?
मैले शुरुमै भनेको छु कि यो एक अध्ययनशिल संस्था हो, यसको मूख्य योजना नै देसभरका नवजवानहरुलाई मार्क्सवादी अध्ययन गराई एउटा चेतना, दृष्टिकोण र सोचले सुसज्जित समाज निर्माण नै यसको लक्ष्य हो। भावि योजनाको कुरो गर्दा जसो गर्दा हाम्रा युवासमुदायले मार्क्सवाद अध्ययन गर्न सहज हुन्छ त्यस्को सहजिकरणको लागी व्यवस्था गर्दै संगठन बिस्तार गरी देसव्यापी बनाउने हो। यसले युवालाई प्रोत्साहित मात्र गर्दैन यसले त उनिहरुलाई समाज,रास्ट्र र नागरिकप्रतिको जिम्मेवारी बहन गर्न पनि सिकाउछ।
आइसिडी को केन्द्रिय र अरु संरचना कस्तो छ त अहिले?
धेरै "वाद" को पछि मानिस लागे, यधपी हामी मार्क्सवाद भित्र संस्कारवाद पनि खोज्दैछौ, यहि खोजीको दौरानमा १ नं प्रदेसको धेरै मार्क्सवादी सोच भएका युवाको स्वतस्फुर्त रुपमा अघि आएको संस्था हो। यस प्रदेसको अधिकांश जिल्ला र पालिकामा यसको संरचना बनिसकेको छ, बाँकि बन्ने क्रममा छ। यसरी नै पूर्वबाट शुरु भएको यो अभियान देसव्यापी नै बनाउने योजना चै छ यद्यपि अहिले केन्द्रिय
संरचना छैन।
करिब १५ दिन मा झापा मा मात्रै ३०० जनालाइ प्रत्यक्ष यो संस्थामा जोड्नुभएछ यो कसरी संभव बनाउनुभयो ?के यो देसब्यापी कार्यक्रम हो?
सबभन्दा ठुलो कुरा साथीहरुको सहयोग नै भन्नुपर्छ । कोभिड १९ को यो संत्रासको बिच आआफ्नो ठाउँबाट खटेर यस संस्थाप्रति जुन प्रकारको सहयोग गर्नुभएको छ सबैलाई म उच्च सम्मान गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोगको निरन्तरताको अपेक्षा पनि गर्दछु। सबै साथीहरुको मेहनत, अग्रजको सल्लाह नवजवानहरुको दृढ़ संकल्पको कारण हामी यसलाई बिस्तार गर्न सफल हुने क्रममा छौ। यो देसव्यापी नै बनाउने सोच त मैले पहिले पनि भनिसके ।



















