काठमाडौं । कोरोना संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ । कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर हुँदै गएको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना भएका थिए । हाल उनको आईसियूमा उपचार भइरहेको बताइएको छ ।

हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए ।