धनकुटा । धनकुटा नगरपालीका वडा नम्बर १ ओक्मालुङ्गमा रहेको साततले लुङ्गधाङ्ग धार्मिक गुफा र लुङ्गधाङ्ग झरना यतिबेला आकर्षण पर्यटकिय स्थल बन्दै गएको छ । धार्मिक गुफा तथा मन्दिर,झरना,झोलुङ्गे पुल,स्विमिङ् पुल लगाएतका मनै रमाउने खालका मनोरम दृश्य उक्त ठाउँमा देख्न सकिन्छ ।

उक्त ठाउमा जानका लागी हिले ओक्मालुङ्ग सडकबाट ४ कि.मि,स्याउले भिरगाउँ सडकबाट ६ कि.मि , कागते ओक्मालुङ्ग सडक बाट करिव ५.५ किलोमिटर र सुकेपोखरी ओक्मालुङ्ग सडकबाट ३ किलोमिटर दुरीमा रहेको छ । पछिल्लो समय आन्तरित तथा बाहय पर्यटकको आवागमन सँगै घुम्न आउनेको संख्यामा पनि बृद्धि भएको छ । कोहि फोटो खिच्नमा व्यस्थ देखिन्छन् भने कोहि मन्दिरमा दर्शन गरिरहेका हुन्छन् । कोहि स्विमिङ्मा मग्नमुग्ध भइरहेका हुन्छन् भने कोहि प्राकृतिक सौन्दर्यतामा रमिरेहका हुन्छन् जुन सहजै देख्न सकिन्छ ।

आज उक्त साततले लुङ्गधाङ्ग धार्मिक गुफा र लुङ्गधाङ्ग झरनामा फोहोरमैला व्यवस्थापनका लागी धनकुटा नगरपालीकाको सहयोगमा फोहोरमैला व्यवस्थापनका लागी ९ वटा फोहोर फाल्ने डस्विन राख्ने कार्य सम्पन्न गरिइएको छ । यस्तैगरी ओक्मालुङ्ग युवा क्लवका सदस्यहरु तथा खानेपानी समितिका प्राविधिक सुरज खतिवडा लगाएत कर्मचारीहरुको उपस्थितिमा गुफा आसपास,झरना ,पौडि पोखरी र झोलुङ्गे पुल आसपासमा सरसफाई तथा झाडी फडानी गरिइएको छ ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय सदस्य नहकुल राई,नगर कमिटि अध्यक्ष अर्जनु छाराहाङ्,नेकपा १ नम्बर वडा कमिटि अध्यक्ष कमल थिङ्ग लगाएतको उपस्थिति रहेको थियो ।



















