एजेन्सी – अमेरिकामा उपभोक्ता सुरक्षा नियामक (एफटीसी) ले मार्क जुकरवर्गको नेतृत्ववाला कम्पनी फेसबुकविरुद्ध ल्याण्डमार्क एन्टीट्रस्ट कानून अनुसार केस दर्ता गराएको छ ।

126452164_138262157708262_1502486109498740053_n (1)

फेसबुकमा बजारको प्रतिष्पर्धालाई नष्ट गर्नको लागि शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । एफटीसी र ४८ राज्यका अटोर्नी जनरलले बुधवार मुद्दामा कारबाही शुरु गरेपछि फेसबुकको शेयरमा ४ प्रतिशत गिरावट आएको थियो । २०२० मा फेसबुकको शेयर ३५ प्रतिशत भन्दा धेरै बढेको छ ।

फेसबुकमाथि उसले प्रतिद्वन्दीलाई किनेर सोसल नेटवर्किङको दुनियाँमा एकाधिकार जमाउन चाहेको आरोप लागेको छ ।