घनश्याम भण्डारी

प्रेम दाजु एउटा संचारकर्मी एउटा व्यक्ती जो हरेक स्वाभिमानी नेपालीको मन मस्तिष्कमा बस्न सफल हुनुहुन्छ तिनी नेपाली मध्यमा साएद म पनि एउटा हुँं । म र लाखौं नेपाली युवा जस्तै उहाँ प्रेम दाइ पनि आफ्नो जन्मभुमि मा आफ्नो पसिना बगाउने इच्छा हुदाहुदै पनि बाध्यतावस प्रदेशिनु परेको छ हामी जुन ठाउमा भएपनी जुन देशमा भएपनी आफ्नो देशको खातिर स्वाभिमानको खातिर जे जे गर्न सक्छौ प्रयास गर्नेनै छौं एहि कुरालाइ मनन गर्दै प्रेम दाइले शुरु गर्नुभएको जय स्वाभिमान युट्युब च्यानल मार्फत हाम्रो समाजमा एउटा राम्रो सन्देश दिने वा पुराउने एउटा सानो प्रयास म पनि गर्दै छु । यो प्रयासको सुरुवात म मेरो बाल्यकाल मा मैले देखेका भोगेका स्मरण हरू र केही कल्पनाहरूबाट शुरु गर्दै छु ।

म एउटा सानो विपन्न परिवारमा जन्मे हुर्केको मान्छे पारिवारिक समस्याले इच्छाशक्ति हुँदाहुँदै पनि उच्च शिक्षा हासिल गर्न सकिन घर गाउमा बसेर पनि जिविका चलाउन धौधौ भयो र हुम्मिए खाडीतिर गाउँमा हुँदा स्कुल पढ्न जादा वा कहिँ कतै गएर आउँदा म भन्दा उमेरले ठुला व्यक्तित्व जस्लाइ मैले दाइ , दिदी बुबाआमा भन्नुपर्ने हुन्छ उहाहरूले मलाइ मैले भन्दा पहिले नमस्ते वा नमस्कार बाबु भन्दा अनौठो र अप्ठ्यारो लाग्थ्यो कहिले काहीं म मेरा आफन्त हरू संग कहि कतै हिडिरहदा आफुले चिनेका व्यक्तित्व भेट्दा वा देख्दा मैले दुबै हात जोडि नमस्ते दाइ , दिदी , वा बुबा आमा भनी सम्बोधन गर्दा कतिपय मानिसहरूले ओए के गर्या यो ? तलाइ थाहा छ त्यो कुन जातिको हो ? भनी भन्ने गर्थे अनि मलाइ अचम्म लाग्थ्यो ।

सायद तेतिबेला मैले बुझेको थिइन तर आज थाहा हुदैछ कि त्यो जातीय भेदभाव रहेछ हामिलाइ पनि म भन्दा उच्च जातका मानिस भनिनेहरू बाट थिचोमिचो हुन्थ्यो भयजस्तो महसुस हुन्थ्यो उच्च जातका भनिने मानिस निच जातका भनिने मानिसको घर भित्र जान हुदैन रे निच जातका भनिने मानिस उच्च जातको घरभित्र जान नहुने रे छोएको पानी पनि पिउन नहुने यो कस्तो भेदभाव छ हाम्रो समाजमा । एकातिर मैले पढ्ने स्कुलमा शिक्षक हरूबाट र मेरो घरमा मेरा अविभावक हरूले आफू भन्दा सानोलाइ माया र ठुलोलाइ आदर सत्कार गर्नुपर्छ भनी सिकाउनुहुन्थ्यो भने स्कुल र घर भन्दा बाहिर अरू नै संस्कार र नियम हुने गर्थ्यो ।
एक दिन बाध्यतावस जब म घर छाडेर प्रदेश पलाएन भएँ प्रदेशमा जुन जुन साथिहरू संग संगै बस्दै खादै हरेक दुख सुख बाट्दै गरें आफ्नो देश आफ्नो समाजमा फर्केपछी तेहि साथिले छोएको पानी पिउन मनाही गरिन्थ्यो म अचम्म पर्थे अझै पनि कहिँ कतै ठाउँमा भेटिन्छन तेस्ता तत्व हरू एस्तै एस्तै घिन र डर लाग्दा तत्वहरूको बोझमा दबिएको छ हाम्रो संस्कृति हाम्रो संस्कार हाम्रो प्राण भन्दा प्यारो राष्ट्र हाम्रो देश नेपाल हाम्रो स्वाभिमानी देश नेपाल ।

एक दिन म एउटा कल्पना गर्न पुँगे :-

कल्पनामा मैले आफुलाइ हाम्रो समाजले दलित समुदाय भनिने परिवारको एउटा बच्चा बनाएँ आफुलाइ अनि कल्पना गरेँ म :- एक दिन बिहान मेरो बाबा हाम्रै गाउमा एकजनाले गाइगोठ बनाउनुपर्यो भन्दै मेरा बाबालाइ लिन आउछन् र बाबा जानुहुन्छ म स्कुल तिर लाग्छु जब स्कूलको छुट्टी हुन्छ म घर फर्कन्छु र घरमा बाबालाइ नदेख्दा सिदै दौडेर बाबाले काम गर्दै गर्नुभएको घर पुग्छु गर्मीको मौसम दौडेर जाँदै उहाँ पुगे अनि त्यो घरमा पुग्दा पानी प्यास लाग्छ घरको ढोका खुल्ला थियो भित्र तामाको गाग्रोमा पानी देख्छु अनि म घर भित्र पस्छु पानी सारेर पिउनको लागि तेतिकैमा त्यो घरकी एकजना महिलाले देख्नुहुन्छ अनि भन्नुहुन्छ ओए बाबू भित्र नजाउ केही सामान न छोउ है के चाहियो तिमिलाइ भन म दिन्छु नि त्यो कुरा सुनेर म बाहिर निस्कन्छु अनि मेरो बाबा पनि आउनुहुन्छ अनि मलाइ भन्नुहुन्छ बाबू किन गएको उहाको घरभित्र हामिजाने होइन नि है जानुहुदैन बाबाको कुरा सुनेर मैले प्रश्न गर्छु किन र बाबा ? बाबा भन्नुहुन्छ उहाहरू उच्च जातको हामी तल्लो जातको उहाहरूको घरको कुनै पनि सामान छुनुहुदैन हामिले । उहाहरूको घर भित्र मन्दिर हुन्छ अरू धेरै सामान हुन्छन जानेहोइन है अब देखि ।

अनि मलाइ सम्झना आउँछ केही हफ्ता पहिला बाबाले मलाई काठमाडौ पशुपतिनाथ मन्दिरको दर्शन गर्न लाग्नुभएको अनि म बाबालाइ सोद्छु बाबा उहाहरूको घर , घरभित्रको सामान अनि एहि घर भित्रको मन्दिर ठूलो हो कि पशुपतिनाथको मन्दिर ठूलो ? बाबा भन्नुहुन्छ मन्दिर त जहाँ को पनि एउटै हुन्छ बाबू । अनि मैले भने तेसो हो भनेदेखी पशुपतिनाथको मन्दिरमा हामी जान हुने अनि उहाहरूको घरभित्रको मन्दिरमा किन जान नहुने ? मेरो कुरा सुनेर मेरो बाबा अनि तेहि घरका मानिसहरू को उत्तर आउन सक्तैन । साएद एस्तै एस्तै हाम्रा आफ्नै कमि कम्जोरिले होला आजको अवस्थामा हामी हाम्रो संस्कार संस्कृति हाम्रो पहिचान बिर्सदै गएका छौं र अर्कैको संस्कृति अङ्गाल्दै र भित्राउदै छौं हामी हाम्रो परिवार र हाम्रो देशमा । उदाहरण को लागि आजभोली हामी जनमदिन मनाउछौँ कसरी भन्दा मैदाको डल्लो( केक ) मा दुइचार मैनबत्ती बालेर फुउउउउउउउउउ गरि निभाउदै ह्यापी बड्डे टु यु ह्यापी बड्डे टु मि भन्दै मनाउछौँ के यो हाम्रो संस्कार वा संस्कृति अनि पहिचान हो ?पक्कै पनि होइन हामी नेपाली विभिन्न भाषा र समुदाय का छौं किन हामी आ आफ्नो समुदाय को पहिरनमा सजिएर सेलरोटी पकाएर गुन्द्रुक र भटमास सादेको अचार संग वा अन्य नेपाली परिकारको स्वाद संग रमाउदै जनम दिन मनाउदैनौँ ? मनाएर त हेरौं न कति आनन्द आउँछ होला अनि रमाइलो हुन्छ होला है ।
नमस्ते ,,,
जय देश जय स्वाभिमान

घनश्याम भण्डारी

गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वाड न १०