पुरुषोत्तम पौडेल                                                              

नेपाल भुपरिवेष्टीत देश हो । नेपालमा पानी जहाज चल्ने खालको कुनै ठुलो नदि छैन । नेपालमा पानी जहाज ल्याऊनु कुनै चानचुने कुरा होईन । प्रधानमन्त्री ओलीले देशमा सजिलै पानी जहाज ल्याऊने सपना वाडे । देशभरीका जनताले आशाको नजरले हेरे । अहिले सरकारको तिन वर्ष विती सक्दा पनि पानी जहाज ल्याऊन कुनै अध्ययन समेत भएन ।

स्वयम प्रधानमन्त्रीवाट उद्घाटन गरिएको पानी जहाज कार्यालय समेत आफै विलाउदै गयो । वन्द भएर गयो । नेकपाको चुनाव घोषणा पत्रले प्रमुख शहरहरूमा विजुली वस चलाऊने कुरा गरेको थियो । डिजेल पेट्रोलको आयात गर्नु पर्ने र त्यसैको कारण प्रदूषणको शिकार वनेको देशमा विजुली बसले राहत दिने आशा गरेका थिए । केपी ओली प्रधानमन्त्री हुने वित्तिकै देशभरी विजुली वस चलाऊने डिङ हाके । कतावाट लुम्वीनि क्षेत्रमा चलाउन ल्याइएका पाच वटा विजुली वस काठमाण्डौ लगेर तामझाम सहित उद्घाटन गरे । नया विजुली वस ल्याएर चलाउनु त कता कता तिनै पाच वटा नक्कली विजुली वसपनि कता हराए ।

आफैमा विलाए । नेपालमा हावावाट विजुली निकाल्ने कुरा हावा जस्तै लाग्थ्यो । मान्छेहरू हावा कुरा भनेर उडाऊथे । प्रधानमन्त्री ओली ले हावाबाट बिजुली निकाल्ने कुरालाई हावा दिए । आफ्ना प्रत्येक भाषणको अङ्ग वनाए । हावाबाट बिजुली निकाल्ने विषयले खुव प्रचार पायो । ओलीजी प्रधानमन्त्री भएपछि पाँचथर होकी कता गएर एऊटा विजुली पङ्खा पनि घुमाए । त्यसपछि कुनै काम अघि वढेन । त्यहि सानो पङ्खाले हावा खायो । हावाबाट विजुली उत्पादन गर्ने कार्यक्रम त्यत्तिकै कता उड्यो । अहिले त कुरै हरायो । प्रधानमन्त्री केपी ओलीले चुनावको वेलामा एमालेको सरकार वनाऊनुस । दुई वर्षमा घरघरमा ग्यासको पाईप पुर्याईने भाषण गरे । जनताले काधमा सिलिन्डर वोकेर हिड्ने दिन गएको कुरा गरे । प्रधानमन्त्री भएपछि विराटनगरमा एऊटा गोबरग्यास प्लान्टबाट वितरण गरिएको पाईपलाईनको भव्य उद्घाटन गरे ।

दैलेखमा भएको ग्यासलाई प्रसोधन गरेर वितरण गर्ने कुरा गरे । अहिले प्रधानमन्त्रीले उद्घाटन गरेको गोवरग्यास प्लान्ट वन्द भयो । ग्यास प्रशोधन र उत्पादनको कुरा कुरामै विलायो । दुवैले उनलाई व्यङ्ग्य गरिरहेको छ । नवलपरासी र दैलेखमा पेट्रोल खानी छ । अव देशमै पेट्रोल खानी चलाऊने हो । पेट्रोलियममा देशलाई आत्म निर्भर वनाऊदै लाने हो भनेर चिनबाट वैज्ञानिक झिकाईएको प्रचार गरियो । परासी र दैलेखको भ्रमणको नौटंङ्की समेत गरियो । आजकल देशमा पेट्रोलियम खानीको त कुरै नगरौ । पेट्रोलियम खोज्ने कुरा समेत कता लुकी रहेको छ कोनी ? अत्तो पत्तो छैन । अरू त अरू अमलेखगन्जबाट चितवन सम्म पेट्रोलियम पाईप लाईन वनाऊने काम समेत उनले स्थगीत गराएर लाईन मिलाए ।

रेल नेपालमा राणा कालमै चलेको हो । हामीले जनकपुर जयनगर रेल चढेर हिड्ने अवसर समेत पाएका हौ । रक्सौल विरगंज-अमलेखगन्ज रेलको अवशेष अहिले सम्म देख्न पाईन्छ । फेरीपनि नेकपाले आफ्नो चुनाव घोषणा पत्रमा पूर्व पस्चीम रेल चलाऊने कुरा अघि सार्यो । प्रधानमन्त्री केपी ओलीले केरूङवाट काठमाडौं रेल आऊने र उक्त रेल पोखरा हुदै बेनी बजार र कुश्मा समेत पुग्ने भाषण ठोके । दुर्भाग्य काम सकिएको एक वर्ष पार हुदा पनि जनकपुर-जयनगर- कुर्था रेल पनि चल्न सकिरहेको छैन । रेलको ईन्जीन आएको पनि तिन चार महिना भैसक्यो । रेलको ईन्जीन जाम हुन लाग्यो होला । अव त सामाजिक सञ्जालमा रेलको फोटो हाल्ने साथीहरू पनि लजाऊन थाली सके । यस्ता गुड्डीहरू त अरू कती कती । लेखी साध्य छैन ।

देशमा १० वर्ष पहिले देखी सुरू भएको मेलम्ची त्यहिको त्यहि छ । प्रत्येक दशैमा मेलम्चीको पानी खान आस गरेका काठमाडौं वासीहरूलाई ओली सरकारले निरास वनायो । २०६७ सालमा सुरू भएको अपर तामाकोशी अझै पुरा हुन सकेको छैन । पोखरा विमानस्थल र गौतमवुध्द विमानस्थल पनि अहिले सम्म पुरा हुन सकेनन । हुलाकी सडकहरू विचैमा अड्केर वसेका छन । विकाश निर्माणका नया कामहरू त कता हराए कता । नेपाली जनता सरकारको प्रगती खोजी रहेका छन । ओलीजीका साइबर सेनाले प्रचार गरेको सय भन्दा वढि विकाशे वुदाहरू कतावाट आएका हुन । जनता जान्न चहान्छन । पत्रकारहरू संग सरकार वनेको दुई वर्ष पछि देशमा चमत्कार हुन्छ भन्ने प्रधानमन्त्री तिन वर्ष पुरा गरे पछि मलाई कामै गर्न दिईएन भनेर रून थाले । देशमा अव कसैले भोकै मर्नु पर्दैन भनेर सवैको जीम्मा लीने प्रधानमन्त्री आज कोरोनाका कारण खान नपाएकाहरूलाई अरूले संरक्षण गरेको हेर्न वाद्य भए । देशका युवाहरूले रोजगारीका लागी विदेश जानु पर्दैन । नेपालमै रोजगारी दिईन्छ भन्ने प्रधानमन्त्री भाषणमा मात्र सिमीत भए । कृषिमा क्षेत्रको आधुनीकिकरण र कृषि विकाशका ठुलठुला गुड्डी हाक्ने ओलीको सामुन्ने आज किसानहरूको कन्त बिजोक छ ।

सरकार उखु किसानहरूको पिडामा मलहम लगाऊन सकिरहेको छैन । सरकारले चौथो वर्षमा प्रवेश गर्दा समेत कुनै नया चिज दिन सकेन । केवल छलछाम मात्र छ । ईमान वेचेर जनता ठग्ने योजनाको प्रचार मात्र भैरहेको देखिन्छ । रियलमा प्रधानमन्त्री केपी ओली, आफ्नो सरकारको तिन वर्ष आफ्नो हातमा पावर केन्द्रित गर्नमा मग्न भए । पार्टीलाई पनि आफ्नो निजी ईच्छा बमोजिम चलाउन केन्द्रित भए । पार्टीको सिध्दान्त, निति, विधी र सवै सहमती र निर्णयहरू लाई कुल्चीएर सत्ताको दुरुपयोग गर्नमा केन्द्रित भए । उनले कमरेड विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर गरेको सहमतीलाई विर्से । उनी आफ्नो हितमा निर्णय गराऊन मात्र पार्टीको वैठक गर्न तयार हुन्थे अन्यथा पार्टीलाई नै निस्कृय वनाऊन लाग्थे । पार्टी एकता प्रकृयालाई मोलतोलमा राखेर झुलाई रहे । उनले चार महिनाको स्थायी कमिटी वैठक र त्यसले भाद्र २६ गते गरेको सहमती र निर्णयलाई स्वीकार गर्दै सहि छाप गरेर ठाडै लत्याऊने काम गरे । पार्टी निर्णय मान्दिन, वहुमत मान्दीन भनेर कम्युनिष्ट आदर्श र मुल्य र मान्यता लाई ठाडो चुनौती दिए ।

यसको निष्कर्ष यहि हुन्छ कि यो सव योजनावध्द ढंगले गरिरहेका थिए । प्रधानमन्त्री ओलीले राज्यका सवै नियन्त्रणकारी निकायहरू लाई आफ्नो हातमा लिए । राष्ट्रिय अनुसन्धान विभाग आफु मातहत ल्याए । राजस्व अनुसन्धान विभागलाई आफ्नै हितमा नियन्त्रण गरे । देशको खरिद अनुगमन कार्यालय र राष्ट्रिय स्तरका अरू केन्द्रहरू पनि प्रधानमन्त्री कार्यालय मातहत ल्याऊने काम गरे । अख्तियार जस्तो सम्वेदनशिल अङ्गलाई आफ्नै मान्छे राखेर सेवा गराऊनमा केन्द्रित गरे । निर्वाचन आयोगमा सेटीङ भएको प्रचार गराउदै छन । अरू पनि महत्वपूर्ण संवैधानिक अङ्ग हरूलाई आफु अनुकुल वनाऊन लागी रहे । यस्तै धन्दामा मग्न रहे ।

यस्ता अनावश्यक तथा अस्वाभाविक चालढालले गर्दा पार्टी अध्यक्ष र प्रधानमन्त्री पुराका पुरा असफल भए । आफ्नो कमजोरी र असफलता लुकाउन अनेक अध्यादेश ल्याएर आलोचकहरूलाई धम्काऊन थाले । कुनै उपाय काम नलागे पछि आफैलाई प्रधानमन्त्री वनाऊने संसद विघटन गरेर अरूलाई दोष थोपर्ने काम गरिरहेका छन । ओलीजीको दम्भ सहितको यो कदम राजा महेन्द्रको २०१७ साले संसद विघटन, शेरवहादुर देऊवाको २०५८ सालको संसद विघटन जस्तै घोर प्रतीगामी कदम हो । यसले नेकपा जस्तो जनताको ठुलो प्रयासले वनेको पार्टीलाई क्षणभरमा विभाजीत गरेर देश र सम्पूर्ण जनतालाई पिडित वनाएको छ । यसलाई सच्याएर मात्र मुलुकलाई लोकतान्त्रिक बाटोमा हिँडाउन सकिन्छ । सवैलाई चेतना भया ।।।