पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले तेश्रो अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गरिवी न्यूनीकरणमा सहकारीको भूमिका विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा नगरभरिका १० वटा विद्यालयका छात्र छात्राले सहभागिता जनाएका थिए ।

146312588_241756360929933_2591268483132612161_n

हरियाली सामूदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको प्रतियोगितामा श्री चन्द्र किरातेश्वर मा.वि., पथरी शनिश्चरे–७ का छात्रा सन्ध्या खड्का प्रथम, पेगोडा मोडल ईङ्लिस स्कुल, पथरी शनिश्चरे–३ का छात्रा रोशिका ढकाल द्वितीय, वाल नमूना विद्या मन्दिर, पथरी शनिश्चरे–१० का छात्रा सिम्रन ढकाल तृतीय र न्यू पेगोडा ईङ्लिस बोर्डिङ स्कुल, पथरी शनिश्चरे–१ का छात्र युगलकिशोर अधिकारी सान्तवना भएका हुन् ।

प्रतियोगितामा विजयी हुने छात्र छात्रालाई २०७७ माघ २५ गते पथरी शनिश्चरे न.पा. वडा नं. ४, ५, ६ र ७ को संगमस्थल कीर्तिपुर बजारमा हुने १८ स्थापना दिवस समारोहको अवसरमा पुरस्कृत गरिनेछ । विजयीहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई पुरस्कार स्वरूप क्रमश ः रू.३,५००।–, रू.२,५००।–, रू.१,५००।–, रू.५००।– र प्रमाण पत्र प्रदान गरिनेछ भने विद्यालयहरुलाई पनि प्रमाण पत्र प्रदान गरिनेछ ।

146598912_784814612117778_1999126125393252446_n

विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई पनि सहकारीको विषयमा अध्ययन गर्ने बानीको विकासमार्फत सहकारी अभियानमा योग्य जनशक्ति उत्पादन होस् भन्ने अभिप्रायले संस्थाले आफ्नो स्थापना दिवसको सन्दर्भमा २०७५ सालदेखि हरेक बर्षको माघ २२ गते पथरी शनिश्चरे नगरपालिका भरिका १० कक्षासम्मका विद्यार्थीहरुलाई लक्षित गरि वक्तृत्वकला प्रतियोगिता गर्दै आईरहेको छ ।

146802320_466721604712225_6662479705425298374_n

जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङका सञ्चालक डि.वि.थापा र संस्थाकै सल्लाहकार हर्कबहादुर राईले निर्णयको मूल्याङ्कन गर्नु भएको वक्तृत्वकला प्रतियोगितामा संस्थाको अध्यक्ष धनराज राईले अध्यक्षता, सचिव महेन्द्र ढुंगानाले सञ्चालन र व्यवस्थापक गणेशकुमार राईले स्वागत भनाई रहेको थियो ।