बिष्णु कार्की

बिराटचोक, ३० फागुन। मोरंङको सुन्दरहरैचामा हुन गईरहेको प्रथम सुन्दरहरैचा खुल्ला नकाउट फूटबल प्रतियोगीतामा एडभान्स मल्टीस्पेसियालिटी अस्पतालको एडभान्स स्पोर्ट्स यूनिट ले मेडिकल सपोर्ट गर्ने भएको छ ।

खेल आयोजक सस्था झरना युवा क्लब र अस्पतालबीच भएको सम्झौता अनुसार फागुन १ गते देखि ७ गतेसम्म जारी रहने सो फुटबल प्रतियोगिता क्रममा उपचार तथा मेडिकल सपोर्ट गर्ने भएको हो । सो हस्पिटलले प्रदेशमा हुने बिविन्न खेलहरूमा मेडिकल सपोर्ट प्रदानगर्दे आएको हुदा सुन्दरहरैचामा पनि हुनगइ रहेको फुटबल प्रतियोगितामा मेडिकल सपोर्ट गर्न लागिएको एडभान्स मल्टीस्पेसियालिटी अस्पताल दमकका डा. अनुप पोखेरलले बताए ।

ओर्थेपेडिक सर्जन डा. अनुप पोखेरल र फिजियोथेरेपिस्ट बिनोद भट्टराई को टीम ले मेडिकल सपोर्ट गर्ने भएको हुदा क्लबको तर्फबाट बिशेष धन्यबाद ब्याक्त गरीएको अधक्ष्य प्रह्ललाद पाठकले बताए । बाहिरी देशहरुमा हुने खेलहरुमा खेलाडीलाई प्रदान भईराखेको मेडिकल सपोर्ट भए जस्तै हाम्रो प्रदेशमा पनी सो सेवा प्रधान गर्ने उदेश्यका साथ एडभान्स स्पोर्ट्स यूनिटको इस्थापना गरीएको डा.पोखेरलले बताए । खेलाडीहरु लाई मैदानमै अन्तरास्ट्रीय स्तरको फ़र्स्ट एड प्रधान गर्न सके खेलाडीहरु लाई ठुलो दुर्घटनाबाट बचाऊँन सकिने फिजियोथेरापिस्ट बिनोद भट्टराईले बताए ।

सुन्दरहरैचामा प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उदघाटन भोलि हुदैछ । दिउसो २ बजेबाट सुरु हुने सो खेलकुद प्रतियोगिताको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालद्वारा उदघाटन गर्ने छन ।

सो फुटबल प्रतियोगितामा ८ ओटा टिमहरु बिच प्रतिस्पर्धा हुदैछ भने उदघाटन खेलमा सुनसरीका पञ्चायन क्लब र रास्ट्रीय जागृती फुटबल क्लब इटहरी बिच प्रतिस्पर्धा हुने भएको क्लबका अध्यक्ष प्रह्लाद पाठकले बताए । दैनिक ५ हजार भन्दा बढी दर्शकहरुको सहभागी हुने आयोजक सस्थाले जनाएको छ भने दर्शकहरुलाई कुनै शुल्क नलाग्ने अध्यक्ष पाठकले बताए ।