बिराटचोक,१८फागुन । देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला मोरङमा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ ।

दुवै नेकपाले मोरङको सुन्दरहरैचा उद्योग वाणिज्य संघको कार्यसमितिको यही फागुन २२ गते हुने निर्वाचनमा साझा उम्मेदवार चयन गरेका छन् । नेकपाले स्वतन्त्र ब्याक्ती टिकाप्रसाद कट्टेललाई अध्यक्ष पदको साझा उम्मेदवार घोषणा गरेको छ । कार्यसमितिको अन्य पदमा दुवै नेकपा समर्थक व्यवसायी उम्मेदवार बनेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रभावशाली नेता भक्तकिरण राइले सुन्दरहरैचा उद्योग वाणिज्य सङ्घको निर्वाचनमा साझा उम्मेदवारको चयनले नेकपाका तल्लो तहका आम कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको सन्देश दिएको बताए ।

“आज नेकपा जुन विभाजित अवस्थाबाट गुज्रिरहेको छ, त्यसमा तलका कार्यकर्ताको कुनै दोष छैन”, उद्योग वाणिज्य संघको चुनावमा नेकपाको तर्फबाट गठित निर्वाचन परिचालन समन्वय समितिका परिचालन समिति संयोजक दुषयंत भट्टराईले बताए ।, “नेकपाका शुभेच्छुक आम व्यवसायीलाई फुटेर होइन जुटेर जितिन्छ भन्ने लाग्यो, एकता सफल हुनुको मुख्य कारण र यथार्थ पनि यही हो नेकपाको नेता समेत रहेका भट्टराईले भने ।”

उपत्यका पछि देशको ठुलो जिल्ला मोरंगमा रहेको मुख्य व्यापारिक केन्द्र सुन्दरहरैचाको व्यावसायिक चुनावमा कायम राखेको एकताले मुलुकभर सकारात्मक सन्देश प्रवाहित गर्ने चर्चा शुरु भएको छ । “आज नेकपा जुन विभाजित अवस्थाबाट गुज्रिरहेको छ, त्यसमा तलका कार्यकर्ताको कुनै दोष छैन”, उद्योग वाणिज्य सङ्घको चुनावमा नेकपाको तर्फबाट गठित निर्वाचन परिचालन निर्देशक कमिटी संयोजक तथा पुर्व सांसद चन्द्रबहादुर गुरुङ्गले भने, “नेकपाका शुभेच्छुक आम व्यवसायीलाई फुटेर होइन जुटेर जितिन्छ भन्ने लाग्यो, एकता सफल हुनुको मुख्य कारण र यथार्थ पनि यही हो ।

” सोमबार उम्मेदवार घोषणा कार्यक्रममा नेकपाका दुवै समूहका उच्च तहका नेता हाँसीखुशी एउटै लहरमा उभिएका थिए । नेकपाको ओली समूहका १ नं प्रदेश सांसद राजकुमार ओझा,नेता केदारप्रसाद गुरागाई,मात्रीका ढकाल प्रचण्ड–नेपाल समूहका नेता राजेश थापा,भक्तकिरण राइ,दुषयंत भट्टराइ लगायतका नेताले आफ्ना समर्थकलाई कुनै पूर्वाग्रह नराखी साझा उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् ।

“वाणिज्य सङ्घको चुनावको विषयमा हामी दुवै समूहका नेता बारम्बार बैठकमा जुटेका छौँ”, चुनाब परिचालन निर्देशक समितीका संयोजक  नेता चन्द्रबहादुर गुरुङ बताउछन ,“पार्टी फुटेको कुनै कार्यकर्तालाई पनि मन परेको छैन, यो निर्वाचनले केन्द्रमा शक्ति र पदको दम्भले फुटेका नेतालाई क्षति व्यहोर्नु अघि नै पुनः एकता हुन सन्देश दिएको छ ।”यसैबीच नेपाली कांग्रेस समर्थित समूहबाट अध्यक्षका उम्मेदवार कृष्ण रिजाल रहेका छन ।

नेकपाका साझा उम्मेदवारहरु :
155526648_2782295785432562_5063370071798575195_n