बिराटचोक,२० फागुन । सिटिजन इन्स्युरेन्स बिराटचोक शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ । मोरङ जिल्ला स्थित सुन्दरहरैचा ९ निवासी बालकृष्ण खड्काले गरेको बीमा बापतको रकम उनकि श्रीमती शोभाकुमारी खत्री लाइ काजक्रिया खर्च वापत ५० हजार र ५ लाख रुपैया बोनस रकम प्रदान गरेको हो ।

मृतक खड्काले २०७७ साल असार २९ गते सिटिजन शुभारम्भ बीमा योजना खरिद गर्नुभएको थियो उहाँको मृत्यु गत पुस ७ गते भएको थियो। दाबी भुक्तानी कार्यक्रममा बिराटचोक शाखाका प्रमुख रितेश गजुरेल , एजेन्सी म्यानेजरहरु अर्जुन श्रेष्ठ,अर्जुन बिष्ट सन्तबहादुर श्रेष्ठ, कोपिला आचार्य लगायत विभिन्न क्षेत्रबाट आउनुभएका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

बिमा दाबी बापतको चेक लिँदै श्रीमती शोभाकुमारी खत्रीले जीवन बीमा भुक्तानी प्रक्रिया अत्यन्तै सरल र सहज रुपमा पाएको बताउनुभयो । उहाँले भन्नुभयो मैले कति पटक बिमा रकम लिन झन्झट र लामो प्रक्रिया लाग्छ भन्ने सुनेको थिएँ तर त्यस्तो गर्नुपरेन, सहजै भुक्तानीले बीमा प्रति विश्वास बढेको र यसप्रति इन्सुरेन्स शाखा प्रमुख रितेश गजुरेल तथा एजेन्सी कोपिला आचार्यलाई विशेष धन्यवाद दिन चाहन्छु भन्नुभयो । उहाँले समयमै बिमा दुःखको सारथी र मानवीय क्षतिले हुने आर्थिक क्षति विरुद्धको ओखती बताउनुभएको छ।