सवारीसाधनमा यात्रा गर्ने क्रममा कतिपय मानिसहरुमा वान्ता गर्ने समस्या हुन्छ । प्रायजसो लामो दुरीको यात्रा गर्दा बान्ता हुने गर्दछ । कसैलाई यात्रामा निस्कन साथ हुन्छ भने कसैमा लामो यात्रा गर्दा यो समस्या देखा पर्छ । यात्रा गर्ने क्रममा बान्ता हुनु एक कष्टकर क्षण हो । यसले शरीरलाई कमजोर बनाउनका साथै यस्तो समस्याले यात्रा पनि नरमाइलो हुन्छ । 

यात्रा गर्दा शरीरका इन्द्रियहरुले सुन्तुलित रुपमा आफ्नो काम गर्न नसक्दा बान्ता हुने समस्या हुने गर्दछ । यसरी यात्रा गर्ने क्रममा बान्ता हुनुलाई मोसन सिकनेस वा ट्राभल सिकनेस भनिन्छ । 

बान्ता हुनुको लक्षण : मुखमा पानी आउनु, वाकवाकी लाग्नु, टाउको दुख्नु, छटपटि हुनुु, पेट बाउडिने आदि 

यात्रा गर्दा के गर्ने त :

-मास्को प्रयोग गर्ने ।

-यात्रा गर्दा खाना खाने । 

-टाढाको दृश्य हेर्ने । 

-चिल्लो कम भएको खानेकुरा खाने । 

-दुग्धजन्य पदार्थ,गुलियो नखानु नै राम्रो हुन्छ । 

यसका साथै यी चिहरुले पनि बान्ता गर्ने समस्यामा कमी नआएमा बान्ता रोक्ने औंषधी प्रयोग गर्ने । 

बान्ता रोक्ने केहि घरेलु उपायहरु यस प्रकारका छन्:

-ल्वाङ : यात्रा गर्ने क्रममा ल्वाङ मुखमा राखेर चुस्ने गर्नाले वाकवाकी र बान्ता हुदैन ।

-अदुवा : यात्रा गर्नुपूर्व अदुवा मिसाएको चिया खाएर यात्रा गर्नाले पनि बान्ता रोक्छ । साथै यदि यात्रामा बान्ता आउला जस्तो भएमा अदुवाको टुक्रका मुखमा राखेर चपाउनु उपयागी हुन्छ । 

-धनिया: धनियाको केहि दाना मुखमा राखेर चपाउनाले पनि वाकवाकी लाग्दैन । 

-जामुन: जामुनको पात वा फलमा बान्ता रोक्ने सक्ने औषधीय गुण हुने हुनाले जामुनको रस निकालेर पिउनाले पनि बान्ता हुदैन ।