भूमिप्रसाद पाठक

पथरी शनिश्चरे,५ चैत्र । घर तथा कोठाको सजावटमा भित्ता जेएफनको महत्वपूर्ण भूमिका हुन्छ । कोठाभित्र पस्दा पहिला नजर महँगा समान तथा फर्निचरभन्दा वाल पेन्टिङमै जान्छ । कहिलेकाहिँ त कोठा नै छोडेर नजाऔँ कि जस्तो लाग्छ ।

यसैले भित्ताको सजावटका लागि विभिन्न किसिमका ‘डेकोरेटिभ उत्पादनहरूको प्रयोगमा मान्छेको रूची तथा सोख फरकफरक भेटिन्छ । तथापि भित्तामा सुन्दरता थपेर कोठाको सजावट र शोभा बढाउन ‘पेन्टिङ’ नरूचाउने सायदै होलान् । यद्यपि यो अलिक खर्चिलोे सजावट भएकाले यसलाई सोखसँग जोडेर पनि हेर्ने गरिन्छ ।

भित्ताको विभिन्न डिजाइन पछिल्लो समयमा सबै वर्गमा यसप्रतिको आकर्षण बढ्दै गएको छ । यस घर राम्रो र सुन्दर देखाउन ठुला सहरहरूमा मात्र यस्तो प्रकारको भित्ता जेएफएन पेन्टिङ महत्व देखिन्थ्यो तर अहिले यो गाँउघरमा पनि यसको महत्व झनै बढ्न थालेको छ ।

यस्तै व्यवसाय अगाल्दै मोरङको पथरी शनिश्चरे नपा वडा नं. ९ का युवा उद्यमी तथा व्यवसायी ऋषि चौलागाईले पनि पथरी बजारमा मिटु पेन्टसको शोरूम नै सुरू गरेका छन् । चौलागाईले खुशी टे«ड्र्स कम्पनी दर्ता गरी घरको कोठा, भित्तामा विभिन्न प्रकारको डिजाइन सहित पेन्टिङ सुरू गरेका हुन् । यस्तो प्रकारको डिजाइन मार्बल पत्थरको जस्तै आकर्षणको आकार सहितको पेन्टिङ गर्न सकिने भएकोले मार्बल पत्थरको स्थानमा यस्तो मिटु पेन्टस्को पेन्टिङ गर्न सकिने व्यवसायी चौलागाई बताउँछन् ।

घरको बाहिरभित्र सबै तिर नर्मल कलर पनि गर्न सकिने छ । ग्रिनाईट कलर स्प्रे गनबाट गरिन्छ, जुन नेपालमा नौलो हो । मिटु पेन्टस्मा १ हजार ८ वटा रंगको प्रकार रहेको छ । भित्तको स्प्रे गरी पेन्टिङ गनबाट गरिन्छ । नर्मल कलरहरू रोलरबाट पनि गरिने सञ्चालक बताउँछन् ।

यो मोरङ जिल्लाभरि डिलरको रूपमा सञ्चालित हो । डिजाइनको लागि काठ्माण्डौंबाट ५ जना डिजाइनर ल्याएको र यहाँको ५ जना स्थानीयहरू सहित १० जना डिजाइनरले अहिले भेडेटार र पथरीबजारको ४ वटा घरमा यसको काम भइरहेको व्यवसायी चौलागाईले बताए ।