पथरी शनिश्चरे ६ असार । मोरङको पथरी शनिश्चरे नगरमा आजसम्ममा ९ सय २१ जनाको परीक्षणमा ३ सय ७० जनामा कोरोना पोजेटिभ भएको छ ।

७ सय ६३ जनाको पीसीआर र १ सय ५८ जनाको एन्टिजिन परीक्षणमा ३ सय ७० जनामा कोरोना पोजेटिभ भएको स्वास्थ्य शाखाले जनाएको छ ।

जसमध्ये २ सय १ जना निको भएका छन् भनें सक्रिय संक्रमितको संख्या १ सय ५५ रहेको छ । ४ महिला र १० पुरुष गरी १४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

202550365_174803977947310_6026025491127398055_n