पथरी शनिश्चरे ११ असार। मोरङको पथरी शनिश्चरे नगरको हिजो सम्पन्न नवौं नगरसभामार्फत आर्थिक वर्ष २०७८÷७९ का लागि पारित नीति, कार्यक्रम र बजेट आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रवक्ता यामप्रसाद गुरागाईंले विज्ञप्ति जारी गर्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रस्तुत गरी पारित भएको आर्थिक वर्ष २०७८÷७९ का लागि ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको अनुमानित आयव्यय विवरणका बारेमा जानकारी गराउनु भयो ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले सवैको सकारात्मक सोच र सहयोगबाट समग्र नगरको विकास हुने जनाउँदै नगरपालिका कार्यालयको आर्थिक क्षमताले भ्याएसम्मका योजनाहरु अघि बढाउदै आएको वताउनु भयो ।

कार्यपालिका सदस्य भद्रमान विश्वकर्माले स्वागत मन्तव्य र सूचना सम्पादक भूपेन्द्रराज तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा, १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी र १० नम्बर वडाध्यक्ष सागर राईले पनि मन्तव्य व्यक्त गर्नुभयो । लेखा अधिकृत पिताम्बर वस्ती, ३ नम्बर वडाध्यक्ष डम्बरबहादुुर चेम्जोङ, ७ नम्बर वडाध्यक्ष कपिलमणि ढकाल सहितको उपस्थिती रहेको थियो ।

नगरसभामा आर्थिक वर्ष २०७८÷७९ को सेवा र कार्यहरुका लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन गर्न र खर्च गर्न बनेको ‘विनियोजन विधेयक’ पारित भएको पनि जानकारी गराइएको छ । सोही कार्यक्रममा यस वर्षका लागि, रातोकलम डटकम अनलाइनका प्रवन्ध सम्पादक अर्जुन जम्नेली राईलाई उत्कृष्ट पत्रकार सम्मान, प्राइम टेलिभिजनका कुमार खड्कालाई उत्कृष्ट पत्रकार पुरस्कार र कुरकुरे डटकम साप्ताहिकलाई उत्कृष्ट सञ्चारमाध्यम पुरस्कार प्रदान गरिएको छ ।

विगत २ दशकदेखि पत्रकारितामा क्रियाशील राईलाई मुहारचित्र, दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ । खड्कालाई नगद १५ हजार र प्रशंसापत्र र कुरकुरे डटकमलाई नगद २५ हजार र प्रशंसापत्र प्रदान गरिएको छ । ४ जना पत्रकारलाई लेखनवृत्ति समेत वितरण गरिएको छ । स्थानीय मिडिया प्रवद्र्धन अन्तर्गत नगरका ८ वटा सञ्चारमाध्यमलाई जनहितमा जारी सूचना वापतको प्रवद्र्धनात्मक रकम उपलब्ध गराइएको छ ।

१० वटा वडा रहेको नगरका लागि प्रति वडा ८७ लाख ५० हजारका दरले वडागत सिलिङ बजेट निर्धारण गरिएको छ । वजेटमा अनुमानित आम्दामीतर्फ आन्तरिक श्रोतबाट ३ करोड, राजस्व वाँडफाँडतर्फ संघीय सरकारबाट ९ करोड ९९ लाख ९३ हजार, प्रदेश सरकारको सवारी साधन कर राजस्व बाँडफाड १ करोड ४६ लाख ७६ लाख ४ सय २० र राजस्व फाँडफाड मालपोतबाट २ करोड गरी १३ करोड ४६ लाख ६९ हजार ४ सय २० रुपैयाँ विनियोजित भएको छ ।

संघीय सरकारबाट समानिकरण अनुदानमा १८ करोड २२ लाख, शसर्त पूँजीगत अनुदानमा ४ करोड १३ लाख, चालुतर्फ शसर्त अनुदानमा २३ करोड ६६ लाख र समपुरक अनुदानमा १ करोड १८ लाखगरी ४८ करोड ८५ लाख प्राप्त हुने भएको छ ।

प्रदेश सरकारतर्फ, समानिकरण अनुदानबाट १ करोड ७४ लाख ६ हजार, करुणा फाउण्डेशनको शसर्त अनुदानबाट १९ लाख गरी १ करोड २६ लाख ४६ हजार रुपैयाँ प्राप्त हुनेछ । यसका साथै अन्य शिर्षकतर्फ, करुणा फाउण्डेशनले व्यहोर्ने १९ लाख, वन रोयल्टीबाट प्राप्त हुने ८ लाख ९६ हजार ३ सय २४, सामाजिक सुरक्षा भत्ता २८ करोड र सडक बोर्डबाट ८० लाख गरी २९ करोड ७९ लाख ६३ हजार हजार २४ रुपैयाँ नगरको आम्दामीका रुपमा देखिएको छ ।

व्ययतर्फको अनुमान ः ( आ.ब.२०७८÷७९) का लागि
क्र.सं. योजनाको नाम रकम :
१, बुद्ध मार्ग कालोपत्रे : १ करोड
२, रजतजयन्ती मार्ग कालोपत्रे : १ करोड
३, दोहोलु शुक्रबारे सडक कालेपत्रे : १ करोड
४, स्वास्थ्य :१ करोड २५ लाख
५, शिक्षा: १ करोड २५ लाख
६, कृषि, पशुपंक्षी, सहकारी तथा लघु उद्यम ः१ करोड २५ लाख
७, मर्मत तथा स्तरोन्नती ः २० लाख
८, संघ संस्था साझेदारी ः २० लाख
९, सामुदायिक वन साझेदारी ः २० लाख
१०, मठ मन्दिर ः १५ लाख
११, वडा नम्बर १० को डाँसखोला पूर्वबाट ९ नम्बर वडा जाने बाटो निर्माण ः २५ लाख
१२, खेलकुद ः २१ लाख
१३, बसोबास व्यवस्थापन ः २५ लाख
१४, सञ्चार मिडिया प्रवद्र्धन ः ५ लाख
१५, भाषा, कला साहित्य प्रवद्र्धन ः ५ लाख
१६, वडा नम्बर २ स्थित महिला सञ्जालको भवन निर्माण ः ३ लाख
१७, न्यायिक समिति ः २० लाख
१८, विधायन समिति ः ५ लाख
१९, इलाका प्रहरी कार्यालय पथरीको महिला हिरासत निर्माण ः ५ लाख
२०, सहिद रत्नमार्ग ः ५० लाख
२१, विपद व्यवस्थापन ः ६० लाख
२२, लक्षित वर्ग कार्यक्रम ः ५० लाख
२३, वडागत सिलिङ बजेट (१० वटा वडामा) ः ८ करोड ७५ लाख
२४, चालु तथा प्रशासनिक खर्च ः १३ करोड ८५ लाख ११ हजार ७ सय ४४
२५, फर्निचर ( नयाँ वडा कार्यालय, स्वास्थ्य कार्यालय भवनहरुमा समेत) ः ५० लाख
२६, मेसिनरी औजार ः १० लाख
२७, सडक बोर्ड म्याचिङ ः २८ लाख
२८, कोष म्याचिङ ः १ करोड
२९, पूँजीगत परामर्श खर्च ः २० लाख
३०, करुणा फाउण्डेशनको कार्यक्रम ः ५७ लाख
३१, यातायात साधन ः १५ लाख
३२, समपुरक अनुदान म्याचिङ ः ५९ लाख
३३, संघीय सरकारबाट ः २३ करोड ६६ लाख
३४, संघीय सरकारबाट सशर्त पूँजीगत अनुदान ः ४ करोड १३ लाख
३५, संघीय सरकारको समपुरक अनुदान ः १ करोड १८ लाख
३६, संघीय सरकारको विशेष अनुदान: १ करोड ६६ लाख
३७, सडक बोर्ड नेपाल: ८० लाख
३८, सामाजिक सुरक्षा भत्ता :२८ करोड
कुल : ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४