एजेन्सी । भारतमा सबैभन्दा पहिला कोरोना भाइरसद्वारा संक्रमित हुने महिला एकपटक पुनः यो भाइरसको चपेटामा आएकी छिन् । सामाचार एजेन्सी पिटिआईका अनुसार यी महिला एक मेडिकलकी छात्रा हुन् जसको आरटीपीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
केरलको थ्रिसूर जिल्लाको डीएमओ डा. के जे रीनाले समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्दै यसबारे पुष्टि गरेकी हुन् । डा. रीनाले भनिन्, ‘उनी एकपटक पुनः कोभिड १९ द्वारा संक्रमित भएकी छिन् । उनको आरटी–पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, एन्टीजेन रिपोर्ट नेगेटिभ आएको छ र उनलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको छ । ’
ऊहानमा पढिरहेकी थिइन् :
एकपटक पुनः कोरोनाद्वारा संक्रमित भएकी मेडिकलकी विद्यार्थी सन् २०२० मा चीनको ऊहान शहरमा मेडिकलको पढाई गरिरहेकी थिइन् ।ऊहानमा कोरोनाभाइरस फैलिएपछि जब उनी भारत आइन् तब उनलाई कुनै प्रकारको लक्षण देखिएको थिएन । राफियाले आफू कोरोनाद्वारा संक्रमित भएको खबर उनले टिभीमार्फत् थाहा पाएको बताएकी थिइन् ।




















