✍️ महेश आचार्य

सजिलो छैन COVID संगको लडाइँ त्यसकारण पहिले नै सुरक्षित हुनु होस् भाईरस संक्रमण हुनवाट नै बच्नुस् ।
अझै धेरैले COVID को संक्रमण ब्यहोर्नु भएको छैन उहाँहरुलाई हामी भोग्ने हरुको अनुभव शेयर गरेर सर्व प्रथमत संक्रमणवाट नै बच्ने संक्रमित भई हाले त्यसका दुश्प्रभावहरु र त्यसवाट कसरी जोगिन सकिने रहेछ भनी आफुले जाने बुझेको तथा भोगेको भोगाईहरुलाई सबै माझ पस्केका छौ । तातोपानी पानी पिउनु अती उत्तम सावित हुने छ । उच्चो मनोवल नै कोविडवाट छुटकारा पाउने पहिलो मन्त्र हो ।

२०७८ असारको महिना थियोे हाम्रो साईलो भाईको प्रथम बार्षिक पुन्यथिती समेत सोही महिनामा थियोे । भाईको यो तिथिलाई परम्परा अनुसार सामान्य प्रकृयावाट टुङ्गो लगाउनु पर्ने मेरो धारणा थियोे तर घरमा ७ दिने कोठा भित्र नै पुरान लगाई तिथिलाई समापन गर्ने तयारी आमा लगाएत सबै परिवारको भएछ तर मेरो पुर्ण विमति थियोे र म सहभागी नहुने जानकारी गराएको थिए । कारण थियोे फैलदो कोविड र त्यसवाट हुन सक्ने सम्भाविद क्षेति ....त्यतिकैमा आमालाई स्वस्थ्य समस्या देखियो लक्ष्यणहरु कोविडका थिए उत्ता कार्यक्रम आउन केहि दिन मात्रै बाकि थियोे ।

त्यस पछि आमाको कोविड जाँच गराउने निर्णयमा हामि पुग्यौं र रिजल्ट आयो कोविड संक्रमित त्यसपछि आमा होम आईसोलेसनमा बस्नु भयो साईलो भाईको काम सामान्य रित पूरा गरि सम्पन्न भयो त्यस क्रममा बुबालाई पनि कोविडको लक्क्षणहरु प्रसस्त देखिए हामिले जाँच गर्ने भन्यौं तर बुवाले अस्वीकार गर्नु भयो हामिले उहाँलाई आईसोलेसनमा बसायौं र आमा बुवाको स्वस्थ्यको ख्याल गर्न थाल्यौ । त्यसक्रममा पारिवारिक जमघट भयो ।
पारिवारिक जमघट रहदै गएता पनि सावधानी अपनाउने काम त गरिएका थिए नै त्यसका बवजुत पनि कोविड फैलिएको प्रमाणीत भयो ।

असार २२ गते विहान मलाई अचनाक ज्वरो आयो । त्यो दिन मैले वास्ता गरिन काममा ब्यस्त रहेका कारणले त्यो दिन त्यसै दिन वितेछ तर मैले त्यस दिनको खाना खाईन छु कारण थाहै भएछ खाना खाने समय किन कि भोकै लागेन छ । बेलुकि १०२ ज्वरो थियोे शरीर थाकेको र शरिरका माशंपेसीहरु प्राय सबै तिर दुखेका थिए । दुखाइ चै शरीर जहाँ छुदा पनि दुख्ने अवस्थाको थियो । अनि हल्का नाकवाट पानी बग्ने प्रकृया पनि शुरु भई सकेको थियोे भने टाउकोको दुखाइ असैह थियोे । त्यस पछि मैले स्वस्थ्य कर्मीको सल्लाह बमोजिम सिटामोल र रुघा कम गर्ने औषधी सेवन गरे । यो क्रम ३ दिन सम्म लगातार चलि रह्रो खाना खानु पटक्कै मन हुने थिएन तर पनि झोल जन्य तातो खानाहरु बेला बेला खाई रहियो। तातो पानिको सेवन अति उपयोगी हुने किन कि तातोपानी सहन सक्ने गरि पिउदा घाटीको दुखाइ कम हुँदै शरिरमा अक्सिजनको मात्रै बृद्दिमा सहयोग पुग्ने र फोक्सोमा न्यानो पन बढेर निमोनिया हुनबाट बचाउन सक्ने लगाएतका फाईदाहरु पिउदा नै महशुस गर्न सकिने थियो । शरिरिक कमजोरी असाध्यै देखियो । त्यस विचमा श्रीमतीलाई पनि सिमटमहरु देखा पर्नु थाली सकेको थियोे । १२ बर्षे छोरा पनि साथमा थियोे तर उसलाई हामिले छुट्टै गरि सकेका थियौं ।

अब हामिमा कोभिडका प्राए सबै लक्ष्यणहरु देखिई सकेका थिए हामिले अब कोभिड जाँच गराउनु महत्त्वपूर्ण हुने ठहर गर्यौ र शनिवारको दिन विराटनगर नोवल अस्पतालमा प्रति ब्याक्ति रु १५००/- भुक्तान गरि टेष्ट गरायौ । त्यो दिउसो १२ वजेको कुरा थियोे । अस्पताल ले ६ घण्टा पछि रिपोर्ट आउने बताएको थियोे तर उसले ९ घण्टा पछि मात्रै रिपोर्ट दियो मेरो र श्रीमती जिको रिपोर्टमा पोजेटिभ देखियो मेरो चै नेगेटिभ आयो तर मलाई मेरो नेगेटिभ भन्नेमा बिश्वास भएन पुन जाँच गराए त्यस पछि पोजेटिभ देखियो। मलाई पहिलो पटक नेगेटिभ आउनको कारण स्वाब लिदा राम्रोसंग नलिएको मैलै त्यसै बेला महशुस गरेको थिए किनकि मैले औषधी सेवन गरेका कारण भाईरसकै कारण मेरो नाक घाँटी सुख्खा भई रहेको थियो । विरामले च्यापि रहेको थियोे त्यस बेला सम्म पनि । कोभिड टेष्ट रिपोर्ट नआउन्जेल खाना पिना गराई रहेकि श्रीमती जि पोजेटिभ देखिए पछि मनोबैज्ञानिक रुपमा थप विरामी परिन मैले कामहरु शुरु गरे ...यो प्रसंग किन जोडेको भने आत्मवल कमजोर नगर्नु भनेको कारण यो रहेछ ।

उनिमा संक्रमण देखिए पछि निकै सिथिल र अभ्यस्त देखिईन मलाई संक्रमण देखिँदा उनलाई केही निको भए झै भयो यो आत्मवल को प्रभाव हो । पुन जाँच पछि मेरो पोजेटिभ आयो त्यसपछि उनले काममा ध्यान दिन थालिन । असाध्यै कमजोर बनाउने काम कोविडले गरायो । दिन प्रतिदिन कमजोर गर्दै लग्यो । स्वासप्रस्वासमा समस्या देखिन थाल्यो । हरपल हामिहरु अक्सिजन नाप्ने यन्त्रवाट अक्सिज हेरि रहन्थ्यौ कहिले कहि ८६/८७ सम्म अक्सिजन हुने थियो हामिलाई सुझाव थियो ९२ वाट अक्सिजन कम भए कृतिम अक्सिजन लिनु पर्ने हुन्छ । तर हामिहरुले अक्सिजनलाई प्रकृतिक हिसावमा बृद्दि गराउने उपाएहरु लगाई हाल्थ्यौ जस्तो पानी पिउने लामो सास लिने छाड्ने तथा फोक्सोका अन्य ब्यामहरु,वामअप जस्ता कार्यहरु गर्ने त्यसवाट केही समयमा शरिरमा अक्सिजन बृद्दि हुन्थ्यो । शरिरिक थकान र दुखाइ आखा सम्म पुगेको थियो आखाका गेडोहरुको दुखाइ भोग्नु पर्यौ । शरिरका माशंपेशीहरु जहाँ छोयो त्यहि दुख्ने गर्दथे । मलाई पटक पटक पेट कटक्क हुने र रेष्टरुम गई रहनु पर्ने समस्या पनि थियोे । ज्वरो ५ पटक सम्म आयो ३ दिनमा सिटामोल खादै कम गराउने गरेको थिए तर मञ्जु ५ दिन सम्म लगातार ज्वरो आईरह्यो । रातमा १ दिन म ९ वजे सुतेको थिए राति १२ वजे तिर निकै समस्या भएछ अचानक उठ्नु पुगे र मलाई लाग्यो कि विहान ४ बजि सक्यो । त्यसैले निन्द्रा खुल्यो तर मलाई धेरै असजिलो भै रहेको थियोे ।

अनि सबै ढोकाहरु खोले तलमाथि गरे तर सुनसान छ त्यो बेला मञ्जु पनि उठिछन् अनि उनलाई सोधे म त बेहोसि भै सकेको रहेछु । उनले राति १२ बजेको सुनाईन् । अनि फेरि सुतियो । मेरो ४ दिन जतिको रात निकै पिडादायी भयो । तर पनि कोभिडलाई जित्ने भन्ने दृढ अठोटले काम गरि रहेको थियोे । कोभिडलाई खेलाचि नगर्नुस है त्यति सजिलो छैन भन्ने पुर्व पिडितहरुको सुझावलाई म पटक पटक सम्झन्थे । मञ्जुलाई पनि समस्या थियोे तर अलिक फरक लामो समय सम्म ज्वरो ले उनलाई छाडेन त्यसवाट शरिरमा कमजोरी धेरै बढाएको थियोे । ३ / ४ पत्ता सिटामोल सकिएका थिए । जवरजस्त केही खान्थ्यौ अनि लडि रहन्थ्यौ । बेला बेला पानीको वाफ लिने गर्थ्यौ त्यसवाट धेरै सजिलो हुने थियो ।

कोभिड देखा परेको रिपोर्ट आएको भोलि पल्ट नगरको वडा न १० जुन मेरो वडा थियो त्यहावाट स्वास्थकर्मि सहित जनप्रतिनिधि नगेन्द्र सुवेदी आउनु भयो केही औषधी सहित मेयरको सानो संम्वोधनको पत्र समेत रहेछ प्याकेटमा त्यस कुराले अलिक मनोबैज्ञानिक सहज गराएको भान भयो आवश्यक सुझावहरु अरुले भोगेका कठिनाईका उदाहरणहरु तथा असहज भए के गर्ने भन्ने टिप्सहरुले केही हलुका बनायो । यसै नपा १२ वडा का साथिहरु वडा अध्यक्ष रोषन ढकाल सहित समाज सेवी भाइ निरज ढकाल,शुभाष ढकाल मित्र सन्तोष गौतम र नवराज कोईरालाहरु अर्को दिन आउनु भएको थियोे उहाँहरुले पनि कोभिड जित्न हौषला प्रदान गर्ने गरि हर्लिक्स,डावरको चेवन प्रास लगाएत अन्या स्वास्थ्य सामग्री उपलब्ध गराउनु भयो यश कुरावाट पनि हामि बिरामीहरुको मनोवल बढाएको थियोे ।

वडा नं ९ का जनप्रतिनिधिहरु रुजा घिमिरे समाज सेवि साथिहरु रामकृष्ण खड्का युवराज पौडेल र केशब लम्साल दाजु पनि केहि स्वास्थ्य सामाग्रीहरु सहित सेनिटाईज गर्ने गरि आउनु भयो त्यो पनि हाम्रो लागि अर्को मनोबैज्ञानिक उपचार थियोे । उहाँहरु सबै जनालाई हृदय देखि धन्यवाद दिन चाहान्छौ । हाम्रो छोरा प्राज्ञले सुरक्षित रहेर असाध्यै सहयोग पुर्यायो घर परिवारवाट पनि राम्रो सहयोग भयो औषधी खाने कुराहरु आदी ईत्यादीमा दाजु, बुबा आमा भाउजू साहिलि बुहारी, छोरी अन्य छोराहरुले पनि सहयोग गरि रहे । साथिभाई स्ष्टमित्रहरुको चासो पनि सहयोग थियोे । यी सबै कुराहरुले हामीलाई सहयोग गरि रह्यो । हामिहरु अझै निगरानीमा छौ । छिट्टै मुक्त हुने प्रकृयामै छौ ।

अन्तमा, यो एउटा महामारी अन्तर्गत पर्ने संक्रमणवाट बचौ र बचाऊ । पहिला आफुले आफैलाई नै अधिकतम् प्रयास गरेर बचाउनु पर्ने संक्रमण नै COVID-19 हो । यसको विरुद्धको भेक्सिन लगाउ । अफुलाई संक्रमण भै हाले अरुलाई त्यसको संक्रमण हुनवाट बचाऔ । त्यसको लागि आफु तुरुन्तै आइसोलेसनमा बसौ । सरकार तथा तोकिएका स्वास्थ्य कर्मिहरुको निर्देशनको पालना गरौ ।

अहिले
महेश आचार्य
मञ्जु आचार्य
२०७८ श्रावण ११
आवश्यक केही भए सम्पर्क गरि बुझ्न सक्नु हुनेछ ।
[email protected]
9851003050 Viber call