महेश आचार्य

पुर्वाञ्चल विश्वविधालय शिक्षण अस्पताल गोठगाँउ,सुन्दरहरैचा,मोरङ् मा रहेको छ । यो अस्पताल प्राकृति हिसावले अति उपयुक्त ठाउँमा रहेको छ ।

यो अस्पतालले बिशेष गरि झापाको पश्चिम ,मोरङको उत्तर,सुनसरीको दक्षिण पुर्वी,सप्तरीको पुर्वक्षेत्र, धनकुटा पुर्वि दक्षिण ,ईलामको पश्चिम दक्षिणका जनतालाई अावश्यक उत्कृष्ट स्वास्थ्य सेवा सर्वसुलभ ढंगले दिन सक्छ । हाम्रो मुलुकमा राजनैतिक परिवर्तन भए संगै संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरि सकेको छ । ठुला दलहरु जो मुलुकको समाजिक,राजनैतिक परिवर्तनको हिस्सेदार सम्झन्छन् । ती दलहरु पनि समाजवादको नारा चै बोकि हिडेकै छन् ।

जंगल जीवजन्तु,पशुपंक्षी,मानव जातिको लागि अति महत्त्वपूर्ण छ तर त्यहि जंगल मासेर,बिनाश गरेर बनाईएको यो अस्पताल सुब्यवस्थित र उत्कृष्ट सेवा प्रदायक संस्थाको नामले चिनिनु पर्दछ । स्वार्थि समुहको स्वार्थ पूरा गर्ने माफियाहरुको खेल्ने र केही राजनीतिको नाममा मज्जा लुट्ने । सेवाको नामवाट फाईदा लिने अाफन्तहरुको भर्ति केन्द्रको रुपमा बिकशित हुँदै गएमा दुर्भाग्य हुनेछ । यस्तो बिषय बुझ्ने काम सर्वसाधारण जनताको हो । अहिले यस्तो कार्यमा यो संस्थाले राम्रै नाम कमाएको छ । तिनिहरुको पहिचान गरौ । जनताको तहवाट अनि प्रतिकार गरौ ।

के बेथिति छ ?
काउण्टरमा लामो ......लाईन छ । बिरामि आउछन् अनि सोध्छन् डा.कत्तिबेला आउनु हुन्छ ? जवाफ आउछ १० वजे हो तर ११ बज्नु सक्छ । कस्तो मजाक झै लाग्ने यथार्थ होला यो । आउछन् डा समय सम्म बस्दैनन् अर्को मजाक झै लाग्ने सत्य बिचरा जनता सधै तारिक झै धाउनु पर्ने बाध्यता उपचारको लागि आउने बिरामीकोहरु जुन काम १ दिनमा सबै सकिन्छ तर ब्यवस्थापन राम्रो नहुदा दिनौ धाउनु पर्ने बाध्यता .....लौन कसैले सुझाउ तिनलाई । सुझाउ,बुझाउ ब्यबस्थित गरौ ।

पुरुष शौचालय छिरेको सासै रोकिने कस्तो अस्पताल हो ? कस्तो शिक्षण संस्था हो ? हात धुने पानी छैन ? बेसिन छ पानी छैन छि ...! बेला बेला सावुन पानिले हाथ धुने भनी सुचना जारि गर्ने नेपाल सरकार अनि यो शिक्षण संस्था जो स्वास्थ्य संग सम्बन्ध राख्छ । लाग्छ कि मजाग चलि रहेछ ! यो मजाग हो ।

आकस्मिक सेवा त्यो पनि दिउँसो मात्रै रे रमाइलो कुरा यो पनि छ । यसै सेवाको भवन छेउमै उत्तर तर्फ फोहर फाल्ने ठाउँ त्यो अर्को मजाग ......अनि शक्तिशाली सरकारको स्वास्थयमन्त्री भानुभक्त ढकाल यहि क्षेत्रवाट हुदा समचार त देखेथे अनुगमन भयो के भयो अनुगमन अनि सुधार चै के भयो थाहा छैन अर्को मन्त्री पण्डित पनि धुलो उढाएर गुडेको देखेथे के तिनले पनि तेलै मात्र डढाएका हुन् ? अब यस्तो नौटंकी कसैले नगरुन जनताले सेवा पाउनु पर्ने ठाउमा पाउन स्वस्थ्य,शिक्षा जनताको पहिलो अधिकार ...!

अब यसरी हुदैन यो जनता अल्झाउने स्वास्थ्य सम्बन्धित मजागको दुकानलाई परिवर्तन गरौ । उल्लेखीत यी सबै कुरा प्रतिनिधि मात्रै हुन् अरु त्यहि छाडेको छु ।