✍️ सुभाषचन्द्र देवकोटा

बाँदर !
नक्कल गर्न सिपालु हुन्छ!
बाँदरले ऐनामा
अनुहार कहिल्यै हेर्दैन!
*
बाँदर ऐना हेर्दैन!
त्यसैले,अरुलाई बाँदर देख्ने बाँदर,
स्वयंले आफू बाँदर भएको
पत्तो पाउदैन !
**
साँचो हो,
बाँदरको घर हुदैन !
तर बाँदर अर्काको पनि घर देख्न सक्दैन!
बाँदरको पेसा भन्नु नै
-बिगार्नु हो,चोर्नु हो!
-खान दिनेको इसारामा
-उफ्रनु नाच्नु हो!
*
कुनै स्थाई ठेगाना नभएको घुमन्ते बाँदर!
आजकल,
मकै बारीमा उपध्रो मच्चाउन छोडेर !
संसद भवन छिरेको छ र
मान्छेको नक्कल गर्न थालेको छ!
वाल्मिकी बनेको स्वांग गर्दै छ!
मालिकको भक्तिमा!
आरती उतार्दै छ!
**
यथार्थमा,
बाँदरको लाज सरम हुदैन!
किन भने बाँदरले,
-ऐना हेर्दैन!
-लाज छोप्ने कट्टु लगाउदैन!
**