मोरङ जिल्लाको साविक इन्द्रपुर गाबिस वडा नम्बर ८ मा २०३३ सालमा बुबा इन्द्रबहादुर र आमा इन्दिरामायाको कोखबाट जन्मिएका पुष्पबहादुर भुजेल नेकपा एमाले सुन्दरहरैचाका युवा नेता हुनुहुन्छ । पार्टीका युवा पङ्ति र स्थानीय समाजमा समेत भिजनरी र प्रभावशाली छवि बनाएका भुजेल सुन्दरहरैचा ९ मा रहेको राष्ट्रीय स्तरमै चर्चा कमाएको सगरमाथा युथ क्लवका पुर्व अध्यक्ष,कृषी बजार व्यवस्थापन समितीको पनि पुर्व अध्यक्ष हुदै हाल जनचेतना सामुदायीक बन उपभोक्ता समितीको अध्यक्ष लगायत बिभिन्न संघ सस्थामा आवद्द हुनुहुन्छ । सहयोगी मनका धनिको रुपमा स्थापित भुजेलले सामाज सेवा गर्ने उदेश्यले आफ्नो निजी खर्चमा समेत एउटा सस्थालाई केही बर्ष अघी एम्बुलेन्स सहयोग गर्नु भएको थियो । समाजमा कोही गरिव दुखी कुनै समस्यामा परे भने आफुले सक्ने सहयोग गर्न पनि पछी नहट्ने भुजेलले सुन्दरहरैचा ९ स्थित साई भजन मण्डलीलाई १ कट्ठा जग्गा (हालको मूल्य १ करोड रुपैया बराबरको ) बंगाली टोलको कालिमंदिरको गेट निर्माण,कर्जुनाको शिवालय मन्दिरमा बसाहा निर्माण,स्थानीय जनता माबि र जुडी प्राबि लगायतका शैक्षिक सस्थाहरुमा सहयोग गर्नु भएको छ । उनै युवा समाजसेवी भुजेल सुन्दरहरैचा नगरपालीका ९ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । भुजेल संग नजिकिदै गरेको वैशाख ३० गते हुने स्थानिय तहको चुनावको वारेमा गरीएको कुराकानीको अंश :
स्थानिय चुनाव नजिकि रहेको छ कत्तीको व्यस्त हुनु हुन्छ ?
यतीखेर पार्टीले मलाइ वडा अध्यक्ष पदको लागी उम्मेदवार बनाएको छ तर हाम्रो उम्मेदवारी मनोनयन भएको छैन त्यसकारण हामीले त्यस्तो कुनै चुनावी कार्यक्रम गरेका छैनौ तथापी पनी आफ्नो वडावासी मतदाताहरुको राय सुझावहरु लिइरहेका छौ र चुनावी योजना र छलफलमै ब्यस्त छौ । साथै वडामा पार्टी र संगठन निर्माणको काम पनी गरिरहेका छौ ।
वडा अध्यक्षको उम्मेदवार हुनुभएको छ तपाइलाई कस्तो अनुभव भइरहेको छ ?
हाम्रो पार्टी श्रमजिबी सर्बहारा शोषित पिडित जनताहरुको पार्टी हो भन्ने बुझेर र बिधार्थीकालमा अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुको जुझारु पनले गर्दा म यो पार्टीमा इमानदारी र निष्ठाका साथ आफुलाई केन्द्रमा नराखी पार्टीलाई केन्द्रमा राखेर पार्टीलाई संकट पर्दा सधै सत्तिसाल झै निरन्तर लागि रहेको अथक योद्दा हु भन्ने कुरा गर्बका साथ राख्दछु । मैले पार्टीमा पदको लागी लोभ पनी गरिन नेताहरु संग कुनै बार्गेनिङ्ग पनि गरेको छैन तथापी पार्टीले दिएको जिम्मेवारी बहन गर्दै आएको मान्छे हु ।
यसपालीको स्थानिय तहको निर्वाचनमा हाम्रो गौरवशाली पार्टीले मलाई उम्मेदवार बनाएको छ सर्वप्रथम पार्टी प्रती र सम्पूर्ण नेता तथा पार्टीका साथीहरु लगायत सम्पूर्ण माहानुभावहरुमा आभार ब्याक्त गर्दछु । मलाई यो वडामा जनताको सेवा गर्न मौका र अवस्वर पाएको आभास गरेको छु । यो स्थानिय तहको निर्बाचनमा म ब्यक्तिले जित्ने होइन एमालेले जितेको अनुभूति आम कार्यकर्ता नेता र पार्टी पङ्तिलाई महसुस गराउन र आफू सुन्दरहरैचा ९ नम्बर वडाको नागरिक हु भन्दा गौरव गर्न लायक बनाउन काम गर्ने प्रतिबद्दता गर्दछु ।
तपाइँहरुले जित्ने आधारहरु केके छन् ?
निश्चयनै चुनावमा उम्मेदवार भएपछी जित्ने चाहाना सवैको नै हुन्छ तर हामीले जित्ने आधार भनेको नेपाली जनताको लोकप्रिय पार्टी नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका छौ हाम्रो सवै भन्दा ठुलो जित्ने आधारहो । सुन्दरहरैचामा हाम्रो पार्टी र संगठन धेरै मजबुत र क्रियाशील छन । जनताको सेवामा हामि हिजो पनि आज सक्रिय छौ । हाम्रो पार्टीमा अहिले प्रवेशको लहर चलेको तपाइहरुले देखिरहनुनै भएको छ त्यसैले हामीले जित्ने आधाहरु धेरै आएपछी हामि तपाइको मिडिया मार्फत जानकारी गराउने छौ र हाम्रो जित भारीमतका साथ हुनेछ भन्ने कुराको बिश्वाश दिलाउन चाहन्छु ।
तपाइको चुनावी एजेन्डा के के छन ?
हाम्रो चुनाबी एजेन्डा भनेको सवै भन्दा ठुलो जनताको हित हुने र सामाजिक ,बिकासका कार्यहरु पहिलो उदेश्य हो । मेरो चुनाबी एजेन्डा शिक्षा , स्वास्थ , रोजगार र भौतिक पुर्बाधरको समग्र बिकास र सम्मुन्नत वडाको परिकल्पना सहितको अल्पकालीन र दीर्घकालीन बिकासको योजनाका साथ सुन्दरहरैचाकै नमुना वडाको रुपमा बिकास गर्ने योजना छ । अझ हाम्रो आगामी दिनमा आउने प्रतिबद्दता पत्रमा बिस्तृत रुपामा चुनावी एजेन्डाहरु प्रस्तुत गर्ने छौ ।
श्रमजिबी सर्बहारा बर्गको पार्टी हो भन्ने बुझाई राखेर म यो पार्टीमा लागेको कार्यकर्ता भएको हैसियतले निर्बाचनमा पैसाको चलखेल गर्नुपर्छ र पैसा खर्च गर्नसक्ने ब्यक्तिलाई टिकट दिनुपर्छ भन्ने मान्यता कोहि कसैले राख्छ भने त्यस कुराको ठाढो बिरोधी हो । यो पार्टी गरिबको पार्टी , मजदुरको पार्टी , सर्बहराको पार्टी भएकोले हाम्रो पार्टीमा त्यस्तो हुदैन र हुनुहुदैन भन्ने मान्यता राख्दछु। यदा कदा निर्बाचनको सन्दर्भमा पैसाको चलखेल हुने मतदाताहरुको खरिदबिक्री हुने भन्ने कुरा प्रती बिस्वास गर्दिन तथापी सामान्य निर्बाचन आयोगको आचारसंहिताको दायरा भित्र रहेर निर्बाचनको क्रममा सामान्य खर्च हुन्छ नै हाम्रो पार्टीमा यसको ब्यबस्थापन पार्टीका समर्थक शुभचिन्तकको सहयोगबाट नै जोहो गर्ने हो र निर्बाचनमा फजुल र जथाभावी खर्च गर्ने परिपाटीले भ्रष्टाचारलाई पक्षपोषण गर्ने गर्छ र भ्रष्टाचारलाई बैधानिकता दिन्छ ।
जनप्रतिनिधिलाई भ्रष्ट र अनियमितता तर्फ उन्मुख गराउछ । यो कदापी जनताको हितमा हुदैन र निर्बाचनमा पैसाको चलखेल कसैले गर्छ भने त्यो राम्रो नियतले गरिदैन यस्ले जनअपेक्षाको र जनमतको अपमान गर्छ । यदाकदा उमेदवारहरुबाट निर्बाचनमा पैसाको खोलो बगाउने जनताको अमुल्य मतलाई पैसामा किन्ने दुस्प्रयास कोहि कसैले गर्छ र कोहि कसैले आफ्नो अमुल्य मत पैसामा बेच्छ भने किन्ने र बेच्ने दुबैले लोकतन्त्र र आवधिक निर्बाचनको अवमूल्यन आफ्नो जनप्रतिनिधि आफुले स्त: स्फुर्त छान्न पाउने हकको दुरुपयोग र जनमतको अपमान सिवाय केही हुने छैन होसियार यस्तो कोहि कसैबाट हुनुहुदैन। बरु फजुल खर्च गर्ने पैसा भए कुनै मानववीय सेवामा सहयोग गरौ भन्ने लाग्छ ।
अन्त्यमा तपाईको केही कुरा छुटेको छ की ?
अन्त्यमा तपाईको लोकप्रिय अनलाइन मार्फत मलाई मह्त्वका साथ समयदिनुभएकोमा हार्दिक धन्यबाद साथै ढिलै भएपनी नया बर्ष २०७९ को हार्दिक शुभकामना भन्न चाहन्छु। हामी र हाम्रो पार्टीलाई हजुरहरुको अमुल्य भोट दिएर बिजयी गराउन हार्दीक अनुरोध गर्दछौ । हामीले हजुरहरु संग गरेका प्रतिबद्दता पुरा गर्ने छौ । हामी जन प्रतिनिधी मात्र भएर हैन सेवा गर्न जनताको दाश जस्तो भएर काम गर्ने छौ ।हामीले यो पार्टीको र उ पार्टीको भनेर विभेद पूर्ण तरीकाले हेर्ने छैनौ सवैको साझा ब्याक्तीको रुपमा हुनेछौ तसर्थ एक पल्ट त्यो मौका प्रदान गर्नुहुन्छ भन्ने हामीले आशा गरेको छौ । धन्यबाद



















