काठमाडाैं,१२ असार । सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले सार्वजानिक सवारी साधनकाे भाडा घटाएकाे छ । विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको हाे ।
विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको छ भने पहाडका मालवाहक सवारीमा ६.९७ र तराईका मालवाहक सवारीमा ७.६८ प्रतिशतसम्म भाडा घटाएको छ ।
कहाँको भाडादर कति हेर्नुस् सूची :




















