विराटनगर,२ साउन । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमाअन्तर्गत दिएरहेको स्वास्थ्योपचार सेवा स्थगित गरेको छ ।
कलेजले (आइतबार) राति १२ बजेदेखि आकस्मिक, अन्तरङ्ग र बहिरङ सेवा नै बन्द गरेको जनाएको छ । कलेजले विज्ञप्ति जारी गरी बिमा सुविधाबापत् कलेजले सरकारबाट पाउनुपर्ने रकम नपाएपछि र अर्काे सूचना जारी नभएसम्मका लागि बिमाको सुविधा दिन नसक्ने जनाएको हो ।
‘सरकारले चालू वर्षको स्वास्थ्य कार्यक्रमबारे सूचना जारी गरी स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्र उलपब्ध गराउनेबारे जानकारी आयो,’ विज्ञप्तिमा उल्लेख छ,’ आगामी दिनमा पनि कार्यक्रमबारे अनुरोध आए अस्पतालले पुनः सेवा दिने नै छ ।




















