• बद्री अर्याल

विराटचोक,४ साउन । मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरको स्तरोन्नति गर्नुपर्ने विषयमा प्रदेश नम्बर १ का स्वास्थ्य मन्त्री जयराम यादव र मन्त्रालयका सचीवलाई ध्यानाकर्षण गराएको छ ।

अस्पतालका अध्यक्ष अजम्बर राई सहितको टोलिले मंगलबार मन्त्रालयमा गएको एक प्रतिनिधि टोलीले अस्पतालको स्तरोन्नति संगै तत्काल विशेषज्ञ डाक्टर ( फिजिसियन) उपलब्ध गराउने लगायतका विषयमा मन्त्री यादवको ध्यानाकर्षण गराएको हो । अस्पतालका फिजिसियन डाक्टरको सरुवा भएपछि सेवा प्रभावित भएको कारण मन्त्रालयका सचीव र मन्त्री यादवसमक्ष ध्यानाकर्षण गराइएको अस्पतालका अध्यक्ष अजम्बर राईले जानकारी दिए ।

अस्पतालमा फिजिसिनका रुपमा कार्यरत डाक्टर कुशल ओस्तीलाई प्रदेश-१ सरकारले स्वास्थ्य मान्त्रालय मार्फत सरुवा गराई कोशी कोभिड अस्पताल विराटनगरमा खटाइएपछि अस्पतालमा उपचारका लागि आउने विरामीहरु मर्कामा पर्न थालेको अध्यक्ष राईले बताए ।

अस्पतालमा हाजिर भएको फिजिसियन डाक्टर को ३ महिना नबित्दै सरुवा हुदा उपचारका लागि आएका विरामीहरुले सास्ती खेप्नु परिरहेको मोरङ जिसस प्रमुख समेत रहेका राइले मन्त्री समक्ष ब्याक्त गरे ।

प्रदेश-१ सरकार मातहत रहेको अस्पतालाई, प्रदेश सरकारले प्रदेश-१ कै नमुना ट्रमा सेन्टरका रुपमा विकास गर्ने घोषणा भाषणमा गरेको भएतापनि एक जना मात्रै फिजिसियन डाक्टरको भरमा रहेको पाइएको नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए ।

डाक्टरको पनि सरुवा भएपछि अस्पताल डाक्टर विहिन भएको अस्पतालका मिडिकल सुपरिटेन्डेट डा. रविकुमार शाह बताउछन् । उनि भन्छन्-“अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने सरकारको योजना भएपनि विरामीको समपुर्ण रोगको बारेमा हेर्ने डाक्टरनै प्रदेश स्वास्थ्य मन्त्रालयले सरुवा गरिदिएपछि अस्पतालमा आउने विरामीहरुको उपचारमा समस्या भएको दुखेसो ब्याक्त गरे ।

अस्पतालमा आउने सुगर, प्रेसर, दम, मुटुरोगी र अप्रेसन गर्नु पर्ने विरामीहरुको उपचारमा समस्या भएकोले दैनिक जसो ओपिडी सेवा लिने ४ सय भन्दा बढी र आक्समिक सेवा लिने २५ भन्दा बढी औषधमा विरामी आउने गरेतापनि अस्पतालमा फिजिसियन डाक्टरको अभाव भएपछि अस्पतालले विरामीलाई रिफर गर्नुको विकल्प नभएको अस्पतालका टोलीले गुनासो पोखे ।

अस्पतालले पुर्वी मोरङको उर्लाबारी, रतुवामाई, सुनवर्षी, लेटाङ, पथरीशनिश्चरे, बेलबारी, कानेपोखरी, मिक्लाजुङ गाउपालिका लगाएत पहाडी जिल्ला पाँचथर र धनकुटाको तल्लो भेगका जनतालाई सेवा दिदै आएको छ ।

प्रतिनिधि टोलीमा नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिव रुपेश खतिवडा,उर्लाबारी नगरपालीकाकी पुर्व उपप्रमुख लक्ष्मीदेवि भण्डारी, एमाले नेता राजेन्द्र पौडेल सहित अस्पतालका पदाधिकारी र सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।