काठमाडौं,१६ साउन । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । बरिष्ठ उपाध्यक्ष पोखरेललाई हिजो संक्रमण भएको हो ।
पोखरेलको सचिवालयले जनाएअनुसार केही दिन देखि हल्का ज्वरो र रुघा लागेपछि हिजो उहाँलाई परीक्षण गरिएको थियो । परीक्षणमा पोजेटिभ नतिजा आएको हो । घरमै आराम गरिरहनु भएका पोखरेललाई निमोनियाको लक्षण पनि देखिएको सचिवालयले जनाएको छ ।




















