काठमाडौं,१७ साउन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ। सोमबार पीसीआर जाँच गर्दा मुख्यमन्त्री राईलाई कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए।

मुख्यमन्त्रीका सचिवालयका १६ जनाको सोमबार पीसीआर परीक्षण गरिँदा मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा कोरोना संक्रमित देखिएको हो।

पोखरेलका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन्।