केराबारी,१८ साउन । मोरङको केराबारी स्थित पालिका अस्पतालमा फिजियोथेरापी तथा वहिरंग सेवाको सुभारम्भ भएको छ ।

जनतालाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउदै आएको पालिका अस्पतालमा फिजियोथेरापी र वहिरंग (OPD) सेवाको बुधबार सुभारम्भ भएको हो । केराबारी गाँउपालिकाका अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्ष मनमाया मगरले फिजियोथेरापी र बहिरंग सेवाको सुभारम्भ गरेका थिए ।

297478677_631775278539710_7450929031567099043_n (1)

अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा हाडजोर्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने विश्वास गरिएको छ। अध्यक्ष मिरिङचिङले फिजियोथेरापी सेवाको अभावमा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास रहेको बताए । अस्पतालबाट प्रदान गर्ने सेवा सुविधाहरु विस्तारै वृद्धि हुदैं गईरहेको समेत उल्लेख गरे ।

फिजियोथेरापी र OPD को सेवा दैनिक विहान ६ बजे देखि बेलुका ६ बजे सम्म ( १२ घण्टा) सन्चालन हुने अध्यक्ष मिरिङचिङले जानाकारी दिए । उक्त सुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुदर्शन दाहाल ७ नम्बर वडाका अध्यक्ष खगेन्द्र निरौला,८ नम्बरका वडाध्यक्ष कमलकुमार बस्नेत,१० नम्बरका वडाध्यक्ष पुर्णबहादुर मगर लगायतको उपस्थिति रहेको थियो ।