विराटचोक,८ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिकाले निःशुल्क अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा सुरु गरेको छ । नगरपालिकाले बुधवार सुचना प्रकाशित गर्दै गर्भवती महिलाहरुका लागी निःशुल्क अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा सुरु गरेको जनाएको छ ।

घुम्ती तरिकाले सो भिडियो एक्सरे सेवा संचालन गरिने नगरपालिकाकी उपप्रमुख अकली चौधरीले जानकारी दिईन । आफुलाई पायक पर्ने स्थानहरुमा सेवालिन नगरपालिकाले जानाकारी गराएको छ । सुचनामा दिएको तालिका अनुशार प्रत्येक महिनाको पहिलो आइतबार प्राथामिक स्वास्थ्य केन्द्र हरैचा, दोश्रो आइतबार मिर्गौलिया स्वास्थ्य चौकी तेस्रो आइतबार सुन्दरपुर स्वास्थ्य चौकी चौथो आइतबार इन्द्रपुर स्वास्थ्य चौकी र पाचौं  आइतबार दुलारी स्वास्थ्य चौकीमा सेवा प्रदान गर्ने र सवैमा बिहान १०. ३० बजेदेखि ४ बजे सम्म सेवा प्रदान गरिने नगरपालिकाले सुचना मार्फत जानकारी गराएको छ ।

तोकिएको बार सार्वजनिक विदा पर्न गएमा विदाको भोली पल्ट सेवा संचालन गर्ने कुराको समेत जानकारी गराएको छ । नगरपालिकाले गर्भवती महिलाहरुका लागी लक्षितगर्दै ल्याएको  निःशुल्क अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा प्रती  सुन्दरहरैँचा वासी जनताहरुले खुशी व्यक्त गरेका छन् ।

300060082_2052601544950416_5193027712547700600_n

त्यसैगरी सुन्दरहरैँचा नगरपालिकाले पूर्वाञ्चल विश्व विद्यालयको अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकाले बुधबार एक कार्यक्रम मार्फत सुन्दरहरैँचा ८ मा रहेको पूर्वाञ्चल विश्व विद्यालयको अस्पताललाई १ थान एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

 सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईले विश्व विद्यालयका उपकुलपती डा. यादव कोइरालालाई उक्त एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन् । एम्बुलेन्स हस्न्तारण कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अकली चौधरी प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।