इटहरी,३१ भदौ । जननेता मदन भण्डारीका गुरु १०३ बर्षिय पंडित धरणीधर न्यौपानेको दिउसो निधन भएको छ । सुन्दरहरैचा ४ बलिया स्थित आफनै निवासमा दिउसो दुई बजेर पन्ध्र मिनेटमा निधन भएको हो ।
शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुरयाउनुभएका न्यौपानेको जन्म तेहथुमको आठराई चुहानडाँडामा भएको थियो । चुहानडाडामा स्कुल र कलेज स्थापनामा उहाँको उल्लेख्य योगदान रहेको छ । त्यहाँ बाट ताप्लेजुडको ढुडगेसाँघु ठोटनेमा वसाँई आउनुभएको थियो । मदन भण्डारीलाई उहाँलेनै अक्षराम्भ गराउनुभएको थियो ।
हाल उहाँ सुन्दरहरैचा बलियामा रहदै आउनुभएको थियो । उहाँका चार भाई छोरा र चार बहिनी छोरी मध्ये हाल छ जना हुनुहुन्छ । उहाँको अहिले अपरान्ह साढे पाँच बजे इटहरी स्थित बुढीगंगा जमुना मुक्तीघाटमा अन्तिम सस्कार गरिएको छ ।




















