इटहरी,४ भदौ । नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीलाई पितृ शोक परेको छ । उनका बुवा ८२ वर्षीय उमानाथ भण्डारीको  आज आफ्नै घर अगाडि दुर्घटनामापरी उपचारका क्रममा  निधन भएको हो  ।

 इटहरी-९ फुलबारी टोल नजिक उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको सिटि सफारीले मंगरबार (आज) साझ ५ः ३० बजे ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले  जानकारी दिएको छ  ।

सफारी चालक इटहरी-५ घर भएका छविलाल सरदार सहित ठक्कर दिने  सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।