रूपन्देही,२० असोज । अनेरास्ववियु रूपन्देही सहसचिव झरना चाैधरीकाे दशैँकाे टीका थाप्न जाने क्रममा टुर्घटनामा परेर मृत्युु भएको छ ।

बुधबार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनकाे मृत्यु भएकाे अनेरास्ववियुका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए ।

२० वर्षीय चाैधरी केही समयअघि एमालेकाे कम उमेरमै वडा कमिटीको जिम्मेवारीमा आएर चर्चामा आएकी थिइन् ।

तराईमा कम उमेरका छात्राहरूमा निकै राम्रो क्षमता देखाएर राजनीतिमा आएकी चाैधरीकाे निधनले संगठनलाई अपूरणीय क्षति भएकाे पाण्डेले बताए ।

घरमा टीका लगाएर मामाघरमा जानेक्रममा उनी दुर्घटनामा परेकाे पाण्डेले बताए ।