बिराटचोक,६ पुस । नेकपा एमाले  मोरङका सचिवालय सदस्य सन्तोष वान्तवा लाई  पितृ शोक परेको छ । स्व. पिता इन्द्रबहादुर राईको ७९ बर्षको उमेरमा आज बिहान ३  बजे   निधन भएको हो ।

सुन्दरहरैंचा ९ मा बसोवास गर्दै आउनुभएका राई २ बर्ष देखि प्रोस्टेड को समस्या भई उपचारत अवस्थामा हुनुहुन्थ्यो । उहाँको पार्थित्व शरीरलाइ आज १२ बजे इटहरीको बुढीगंगा धाममा  दाहसंस्कार गरीने परिवारजन बाट जानकारी भएको छ ।