विराटचोक,२६ पुस । मोरङको सुन्दरहरैचा नगरपालिका ११ सितुमारी स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका    छन् ।

सोमबार बिहान साढे ९ बजे उत्तरबाट दक्षिण तर्फ बालुवा बोकेर जाँदै गरेको को २ त ५८२२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ बर्षीय अनिल चौधरी र सहचालक २० बर्षीय रुपेश रिषिदेब घाईते भएका थिए ।

घाईते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको छ भने रिषिदेबको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।