काठमाडौं,२७ पुस । जाडोको मध्य समय माघको पहिलो दिन माघे सक्रान्तिमा पनि तिलको लड्डु बनाई खाने प्रचलन आजसम्म पनि कायमै छ । तीलको धेरै राम्रो बिशेषता हुनाले नै हाम्रा अग्रजहरुले कुनै पुजा पाठ होस् या धार्मिक कार्य होस्, तिललाई अनिवार्य गरेका छन् ।
तिल एक यस्तो खाद्यान्न हो जसले हामीलाई स्वस्थ रहनको लागि निक्कै नै सहयोग गर्दछ । कतिपय हामीले तिललाई आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्ने पनि गरेका छौ । जुन तपाइले व्यवहारमा उतार्नु भयो भने अबश्य पनि स्वस्थ्य रहनमा धेरै नै सहयोग पुग्नेछ ।
आज हामी तपाइहरुलाई तिल खादा हुने केहि फइहरुको बारेमा बताउदै छौं ।
घिउ संग तिलको प्रयोग गरि खानाले धेरै रोगबाट मुक्ति मिल्छ । त्यसैले तिललाई विभिन्न परिकार बनाएर यसलाई खान सकिन्छ । स्वाद संगै स्वस्थ रहन सकिन्छ ।
यदि कसैलाई बारम्बार पिसाब आउने वा पिसाब आउदा धेरै गाह्रो हुने समस्या छ भने तिल खानाले फाइदा हुन्छ । तिलको तेलमा निमको पात राखेर सोहि तेलले मालिश गर्नाले मुहारमा आएको एलर्जी तथा छाला सम्बन्धि रोगबाट राहत मिल्छ ।
तिलको तेल प्रयोग गरिएको खाना खानाले कोलेस्ट्रोल कम गराउने हुनाले हृदय रोग लाग्ने सम्भावना धेरै कम हुन्छ । तिलको तेल वा भुटेको तिल पिसेर अण्डाको पहेलो भाग फालेर सेतो भागसंग मुछेर लगाउनाले आगोले पोलेको घाउ निको हुन्छ ।
चिया खादा चियामा अलिकति तिल वा तिलको पात र अदुवा हालेर चिया बनाई खाने गर्नाले खोकी छिटो निको हुन्छ । दिनहु ५-१० ग्राम जति कालो तिल राम्रो संग चपाएर खाने गर्नाले गिजा र दात बलियो हुन्छ साथै दातमा किरा लाग्ने सम्भावना निक्कै कम हुन्छ ।
तिल, मेथी, सुकेको अदुवा, बेसार सबै लाई पिसेर यसको धुलो दिनहु बिहान बेलुका सेवन गर्नाले अर्थराइटिस रोग बाट मुक्ति मिल्छ । तिलको सेबन गर्नाले रुघाखोकी निको हुनुको साथै हाडजोर्नीमा हुने दुखाइ कम हुन्छ ।
अन्य धेरै फाइदा हरु छन् तिलका त्यसैले तिलको नियमित सेबन गर्नाले अबश्य पनि स्वस्थ रहन सकिन्छ ।




















