काठमाडौं । रक्तदान नै जीवनदान हो भन्ने प्रचलन रहँदै आएको छ । केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि पर्दैन ? जस्ता प्रश्नहरुले घेरिएका हुन्छन् । तर त्यस्तो केही हुँदैन ।
नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुँदै जान्छ । भक्तपुर क्यान्सर अस्पतालका रक्तरोग विशेषज्ञ डा. अजय झा भन्छन्, ती रगतको सबै घटक बन्न करिब तीन महिनाको समय लाग्ने भएकोले दुईपल्टको रक्तदानबीचले धेरै प्राणघातक रोगबाट बचाउँछ । अर्को मानिसलाई त बचाउँछ भनै रक्त सुद्धिकरण हुने भएकाले आफ्नो जीवनपनि सुरक्षित हुन्छ ।
जीवनदान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छ । सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य हुन्छन् । आज हामी रक्तदान गर्नुका फाइदाहरुका बारेमा चर्चा गर्न गइरहेका छौ ।
मुटुका लागि फाइदाजनक : यसको सबैभन्दा पहिलो लाभ मुटुलाई पुग्न जान्छ । रक्तदान मुटुका लागि राम्रो मानिन्छ । नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ । रक्तदाताले हृदयाघातको खतराबाट पनि टाढा राख्छ । रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक हुन्छ ।
नयाँ रक्तकोशिका बन्छ : अर्को महत्वपुर्ण फाइदा नयाँ रक्तकोशिका बन्छ । शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुर्ण भुमिका हुन्छ । नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् ।
क्यालोरी खपत हुन्छ : तेस्रो तर अति महत्वपुर्ण लाभ क्यालोरी खपत हुन्छ । एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न मद्दत गर्छ । यदि नियमित रुपमा रक्तदान गर्नुहुन्छ भने मोटोपनाबाट तनाव लिनुपर्ने आवश्यक्ता हुँदैन ।
क्यान्सर हुने खतरा कम हुन्छ : अहिले धेरैलाई त्रास भइरहेको क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउका लागि नियमित रुपमा रक्तदान उपयोगी हुन्छ । नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुँदै जान्छ । किनभने रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कने गर्दछ ।
निःशुल्क चिकित्सा जाँच : शरीरको नियमित जाँच गराउनाले विभिन्न रोग लाग्न पाउँदैंन । यो अवसर रक्तदानका बेला निःशुल्क मिल्छ । रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रूपको परीक्षण गरिन्छ । रक्तदानपछि एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गर्ने गरिएको छ ।




















