धनकुटा,३० पुस । सिधुवा बजारका आगालागी पीडितलाई सहयोग रकम सङ्कलन गर्न परोपकार युवा समुहले अभियान चलाएको छ । बिपत्तिको घडीमा सहयोगी मन भएका देश बिदेशमा रहनुहुने दाताहरुसँग समुहले सहयोगको अपेक्षा गरेको छ ।

समुहले  सिधुवामा शाखा रहेको नबिल बैंकमा परोपकार युवा समुहको नाममा रहेको खाता नम्बर २०९०१०१७५००८४२ मा रकम पठाई सहयोग गर्न अनुरोध गरेको छ । उक्त परोपकार युवा समुहका अध्यक्ष खेमराज सुब्बा योङ्हाङ रहेका छन् । 

धनकुटाको सिधुवा बजारमा शुक्रबार साझ भएको आगोले एउटा घरमा पूर्ण क्षती भएको छ भने दुइटा घरको आधा भाग जलेको थियो ।

सिधुवा आगालागी पीडित राहत सङ्कलन  संयोजक २०७९/९/३०

(१)परोपकार युवा समुह छथर जोरपाटी 

(२) सिधुवा बजार ब्यावस्थापन समिति छथर जोरपाटी 

(३)रेडक्रस  सोसाइटी सिधुवा छथर जोरपाटी

(४)उद्योग बाणिज्य संघ छथर जोरपाटी

यस्तो छ  परोपकार युवा समुहको आधिकारीक फेसबुकको लिंक