लेटाङ,४माघ । राष्ट्रिय राजमार्गको मापदण्ड चौडाइ ५० मिटर हुने ब्यबस्था अनुसार मदन भण्डारी राजमार्गले छुने  मोरङ क्षेत्र नं. १ अन्तरगतका नगरपालिका गाउँपालिकाले घर नक्सा पास तथा निर्माणका काममा रोक लगाउन थालेपछि स्थानीयवासीले सडक निर्माणमा अबरोध सुरु गरेका छन । 

FB_IMG_1674013235670
सडक क्षेत्रको ५० मिटर सडकको मापदण्डमा परेको र सेटब्याक ६ मिटर छोडेर घर बनाउनुपर्ने नियम जनताले थाहा पाएपछी केराबारी , लेटाङ र मिक्लाजुङका सडक क्षेत्रका करिब १ हजार घर भित्किने र धेरै परिबार बिस्थापित हुने भन्दै स्थानियहरु आन्दोलित भएका छन ।   
सडक क्षेत्रमा रहेको घरजग्गा खरिद–बिक्री गर्न र बैंकिङ कारोवारमा समस्या आउने भएपछी स्थानिय सडकबाट पिडित बनेकाहरुले कुनै हालतमा सडक बन्न नदिने बताएका हुन  । हालका लागि सडकको चौडाइ ५० मिटर नभए पनि सडक निर्माणसँगै त्यस क्षेत्रभित्र बैंकिङ कारोवार नहुने भएकाले स्थानीयवासी सहमत नभएको हुन । 
सरकारले सडक निर्माण र विस्तारका क्रममा अधिकांश स्थानमा स्थानीयवासीबाट जग्गा सित्तैमा लिने गरेको छ । मदन भण्डारी राजमार्गको केराबारी देखि मिक्लाजुङ सम्मको क्षेत्र सांसद सहितको टोलिले मंगलबार अनुगमन समेत गरेको छ । 
मोरङ क्षेत्र नं. १ का सांसद डिगबहादुर लिम्बुको संयोजनमा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल,मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिचिङ, लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला सहित उक्त क्षेत्रमा पर्ने ४ वटा पालिकाका उपप्रमुखहरु,वडा अध्यक्षहरु , प्रमुख प्रसासकिय अधिकृतहरु, आयोजनाका प्रतिनिधि सहितको टोलिले निर्माणाधिन सडकको अनुगमन गरेको हो । 
FB_IMG_1674013230628
अनुगमनका क्रममा घना बस्ती भएका ठाउँमा समस्या देखिएको भन्दै बिकल्प खोज्नुपर्ने बताए।  सडकले बजार क्षेत्रमा ५ धुर १० धुर किनेर घर बनाएर बसेकाहरु पिडित भएको बताउदै सांसद लिम्बुले ठूलो क्षती रोक्न सरकारले बिकल्प खोज्नुपर्नेमा जोड दिए । 
 केराबारी,लेटाङ मिक्लाजुङका बजार क्षेत्रमा घर भत्किएर जनताहरु सुकुम्बासी बन्ने अवस्था आएको भन्दै बस्तीलाई जोगाएर सडक लाई डाईभर्सन गर्न सकिने बताउनुभयो । अर्को बिकल्पको रुपमा  बजार क्षेत्रलाई रास्ट्रीय राजमार्गको मापदण्ड बाट हटाई २० मिटर सम्म कायम गरेर जान सकिने समेत सांसद लिम्बुले बताउनुभयो ।  
नगरपालिका तथा गाउँपालिकाका प्रमुख उपप्रमुखहरुले बस्ती जोगाउदै सडक निर्माण गर्नुपर्ने र आयोजनाले आयोजना क्षेत्रका स्थानिय तह सँग गहन छलफल गर्नुपर्नेमा जोड दिए । पालिका प्रमुखहरुले जनतालाई अधिकतम फाईदा हुनेगरी सडक निर्माण गर्नुपर्नेमा जोड दिएका छन ।
पहिलो अनलाइन बाट