विराटचाेक,१० बैशाख । माेरङकाे सुन्दरहरैँचा ९ स्थित विराटचाेकमा सञ्चालनमा आएकाे यमाहा शाेरूमकाे उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आधिकारिक बिक्रेता बि एण्ड बि अटो ट्रेडर्सको आधिकारिक बिक्रेताले सञ्चालनमा ल्याएको शाेरूमकाे आइतबार उद्घाटन कार्यक्रम गरेको हो । शाेरूमकाे विधिवत रूपमा उदघाटन कोशी प्रदेशका सांसद ज्ञानेन्द्रप्रसाद सुवेदीले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको सुवेदीले सुन्दरहरैँचा नगरमा बि.एण्ड बि अटो ट्रेडर्सले यामाहा कम्पनीकाे विभिन्न ब्राण्डका माेटरसाइकलकाे शाेरूम संचालनमा ल्याएर स्थानीय स्तरकाे व्यपार व्यवसायकाे वृद्वि गरि अरूलाई राेजगारी प्रदान गर्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभएको हो ।
उत्कृष्ट प्रविधि, आकर्षक डिजाइन तथा गुणस्तरीय ब्राण्ड यामाहा प्रति ग्राहकहरूको विश्वास रहेकाले नेपालमा यसकाे लोकप्रियता बढेको अवसरमा आफ्नो व्यवसायलाई सुचारू गर्न पाएकोमा हर्षित महशुस गरेकाे अटाे टेड्रर्सका सञ्चालक विष्णु कार्कीले जानकारी दिनु भयो । उहाँले ग्राहकको चाहना बमोजिम सहज, सरल तथा गुणस्तरीय सेवालाई मध्यनजर गर्दै एकै छातामुनि सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्ने विश्वास दिलाउनु भयो ।
एम ए डब्लु इन्टरप्राइजेज नेपालकाे आधिकारिक बिक्रेता रहेको यामाहा जापानिज टेक्नोलोजीबाट निर्माण भएको माेटरसाइल तथा स्कुटर हेर्दा आकर्षक, बढी तानशक्ति तथा भरपर्दो सेवा सुविधा रहेको कम्पनीले जनाएको छ । राम्रो माइलाेज, बढी गति दिने ब्राण्ड रहेको साथै एफ आइ टेक्नोलोजीमा यमाहा बाइक निर्माण भएकोले भरपर्दो रहेको कम्पनीले जानकारी दिएकाे छ ।
यमाहा कम्पनीकाे आधिकारिक बिक्रेता बि.एण्ड.बि अटाे टेड्रर्समा करिव ११ जाना जनशक्तिलाई स्थानीय स्तरमै राेजगारी समेत प्रदान गरिएको शाेरूमकाे शुभारम्भमा उल्लेख गरिएको छ । यमाहाकाे आधिकारिक विक्रेता शाखा नेपालमा ८५ वटा भन्दा बढी रहेकाे तथा याे कम्पनीकाे माेटरसाइकल ५७ बर्ष अघि जापानबाट नेपाल भित्रीएकाे थियाे । समाजिक गतिविधिमा समेत अग्रसर रहेको यामाहा कम्पनी सन १९६४ सालमा स्थापित भएको उल्लेख गरिएको छ । हाल नेपालमा ८ सय कर्मचारी प्रतक्क्ष राेजगारीमा आवद्व रहेको कम्पनीले जानकारी गराएको छ ।
यामाहा शाेरूमकाे औपचारिक शुभारम्भमा कम्पनीका कार्यकारी प्रमुख राजु क्षेत्रि तथा सुन्दरहरैँचा उवासका अध्यक्ष कृष्णप्रसाद रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उद्घाटन कार्यक्रमका दिन तीन जना ग्राहाकले माेटरसाइकल तथा स्कुटर खरिद गरेका थिए । कार्यक्रममा उत्कृष्ट मेकानिकलाई पनि सम्मान गरिएको थियो । सुन्दरहरैँचामा गत वर्षको असारमै खुलेको यामाहा शाेरूमको आधिकारिक रूपमा उदघाटन भने हुन सकेको थिएन ।
यमाहा कम्पनीकाे माेटरसाइकल तथा स्कुटर आकर्षक, बलियाे साथै आरामदाही भएकोले आफ्नाे राेजाइमा पर्न सफल भएको ग्राहकहरू समेत बताउँछन् ।यामाहा शाेरूमकाे शुभारम्भकाे अवसरसमा विराटचाेक, गाेठगाउँ तथा बेलबारी सम्मकाे माेटरसाइकल -याली समेत गरिएको थियाे ।
बि.एण्ड.बि अटाे टेड्रर्सका अध्यक्ष निलाबहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुन्दरहरैँचा उवासका पुर्वअध्यक्ष नवराज चापागाईं स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो । सोरुमका कर्मचारी बिदुर घिमिरेले स्वागत मन्तव्य गर्नुभएको थियो भने प्रकाश थापाले कार्यक्रम सँचालन गर्नुभएको थियो ।




















