विराटचोक,१६ वैशाख । मोरंङको सुन्दरहरैँचामा महिला सशक्तिकरण अन्तर्गत उदघोषण तथा भाषण कला सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं ५ को बित्तिय सहयोग र आमकास नेपाल मोरङको आयोजनामा भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।
वैशाख ११ देखी सुरु भएको तालिममा वडाका २५ जना महिलाहरुको सहभागिता रहेको थियो । अत्यन्तै आवश्यक रहेको तालिमले जिवनमा ठुलो महत्व राख्ने भन्दै तालिममा सहभागि महिलाहरुले आयोजकलाई धन्यवाद दिनुभयो । उक्त तालिममा मिलन घिमिरे प्रशिक्षक रहनु भएको थियो ।
तालिमको समापन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता, ५ न वडाका वडाध्यक्ष गणेश चौधरीको विशिष्ट आतिथ्यता र वडा सदस्य श्याम खनाल,महिला सदस्यद्वय इन्दिरा चापागाईं,रोशनी परियार,भानु साझा पुस्तकालयका सचिव बिशाल गुरागाईं, आमकास नेपाल मोरङकी सहसचिव मिना रिमाल बजगाई सदस्य भागिरथा चुडाल लगायतको आतिथ्यता रहेको थियो ।
आमकास नेपाल मोरङकी अध्यक्ष उमा देवी सेडाईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सस्थाकी उपाध्यक्ष राधिका खतिवडाले स्वागत मन्तव्य गर्नुभएको भएको थियो भने सस्थाकी सचिव ईन्दिरा प्रसाईले कार्यक्रम संचालन गर्नुभएको थियो ।




















