लेटाङ , २२ असार । मोरङको लेटाङ कानेपोखरी सडकखण्डमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ लेटाङ कानेपोखरी सडकखण्डको फायरलाइन क्षेत्रमा प्रदेश १-०२-००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १-०२-०३ ह १३१२ टेम्पोलाई ठक्कर दिंदा टेम्पो चालक सागर तामाङसहित २ जनाको मृत्यु भएको हो ।
चालक तामाङको घटनास्थलमै मृत्यु भएको र टेम्पोमा सवार अन्दाजी ९ वर्षीया नामथर वतन नखुलेकी बालिकाको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
टेम्पोमा सवार अन्दाजी ४० वर्षीया एकमहिला गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । कानेपोखरीबाट लेटाङ फर्कंदै गरेको टेम्पोलाई बोलेरोले ठक्कर दिएर दुर्घटना भएको बताइएको छ ।
बोलेरो र चालक ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेका छन् । दुर्घटना भएको ठाउँ नजिकै सडकमा रुख लडेको देखिएकाले समयमै रुख नपन्छाएकाले दुर्घटना भएको हुनसक्ने बताइएको छ ।





















