विराटचोक,३ असार ।   मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालय स्थापना गरेको छ । बैंकको विराटचोकमा शाखा सहित  देशका ११ स्थानमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

त्यस्तै, सिरहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङजाको वालिङमा शाखा कार्यालय स्थापना भएका हुन् ।

आइतबार खुलेका यी शाखासहित बैंकका देशभर २ सय ८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् । ७७ जिल्लाका सदरमुकाममा सहित २ सय ८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २ सय ६९ वटा एटिएम र ९९ वटा शाखा रहित सेवाहरु सञ्चालनमा रहेको बैंकले जनाएको छ ।