काठमाडौँ,१२ साउन । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ। आज अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ घटेको महासंघले जनाएको छ ।




















