बेलबारी ,१२ साउन । मोरङको बेलबारीमा अवस्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम कारबाही चुस्त पारदर्शी हुन नसकेको भन्दै स्थानिय टोल बिकास संस्थाले मालपोत कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार बिजुली मालपोत टोल बिकास संस्थाले ध्यान आकर्षण गराउदै मालपोत अधिकृत देवी प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो।
सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने, पैसा दिएपछी मात्र काम गर्ने,अनियमिता हुने गरेको जनगुनासो बढेपछी टोल बिकास संस्थाले ध्यान आकर्षण गराएको टोल बिकास संस्थाका प्रमुख सल्लाहकार जेबि कोइरालाले जानकारी दिए ।
टोल बिकास संस्थाले नापी शाखा कार्यालय , ३ नं. वडा कार्यालय, बेलबारी नगरपालिका , ईलाका प्रहरी कार्यालय , नेपाल लेखापढी कानुन ब्यबसायी इकाइ समितीलाई समेत बोधार्थ गरि ध्यानाकर्षण गराएको सल्लाहकार कोइरालाले बताए ।
सेवाग्राहीको काम बिचौलिया मार्फत छिटो हुने र सोझा साझा जनताको काममा ढिलासुस्ती गर्ने , पैसाको बार्गेनिङ हुने जनगुनासो आएपछी ध्यानाकर्षण गराएर सेवा प्रवाहमा चुस्त ल्याउनु पर्ने उनले बताए।
मालपोत कार्यालयका तर्फबाट अधिकृत देवि प्रसाद भट्टराईले ज्ञापन पत्र बुझ्दै गुनसो सुन्ने अधिकार कार्यालय प्रमुखको रहेको हुदाँ हाल उहाँ मन्त्रालयको काममा जानुभएकोले आएलगत्तै हामी यहाहरुको गुनासोलाई सम्बोधन गर्ने बताए। यस्ता गुनासो र बिकृतिलाई अनुसन्धान गरेर निकास निकाल्ने र पुन: छलफलमा बस्ने भन्दै भट्टराईले यहाँहरुको साथमा रहने धारण अधिकृत भट्टराईले ब्यक्त गरे।
ज्ञापन पत्र दिदै स्थानिय सरोकारवाला प्रताप थापा, टोलबिकास संस्थाका सचिव चित्र बहादुर कोइराला लगायतले मालपोत कार्यालय र बिचौलियाको, समसामयिक बेथितिको ’बारेमा आफ्ना धारणा राखेका थिए।




















