• बद्री अर्याल 

विराटचोक,२७ साउन । एलपी ग्याँस विक्रेता संघ मोरङको  ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न भएको छ। शनिबार सुन्दरहरैंचाको विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनले सुनिल बोहोराको अध्यक्षमा २३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

सर्वसम्मत रुपमा चयन भएको कार्यसमितीको वरिष्ट उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ,प्रथम उपाध्यक्ष कल्पना गौतम, द्वितीय उपाध्यक्ष सुदिर यादव, तृतीय उपाध्यक्ष रामकृष्ण खड्का सचिवमा बेदेन्द्र श्रेष्ठ,सहसचिवमा लक्ष्मी दाहाल,कोषाध्यक्षमा प्रभा घिमिरे तिम्सिना  चयन भएका छन्  ।

 त्यतै सदस्यहरुमा दिलिप अग्रवाल,रमेश खड्का,आनन्द राज भण्डारी,बिष्णु प्रसाद भण्डारी,गौरी गुप्ता,हरिराज प्याकुरेल,नन्द कुमार दाहाल,मोति बहादुर मगर,मोहन प्रसाद दाहाल,धारणा खनाल ,जितराज घिमिरे,गोपाल बस्नेत रहेका छन् ।

समितीमा ३ जना सदस्यको  कोटा खाली राखिएको र पहिलो बैठकबाट मनोनित गरिने नव गठित समितीका उपाध्यक्ष रामकृष्ण खड्काले बताए ।

366957748_2315504451993456_1631497520451849397_n (3)कार्यक्रममा  संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापाले ग्यास डिलर प्रमाणीकरण ,लागतको हिसाबले कमिसन वृद्धि हुनुपर्छ भनी नेपाल आयल निगम र आफुर्ती मन्त्रालयमा पहल गर्दै गरेको कुरा बताए । कार्यक्रमका  प्रमुख आथिती समेत रहेका अध्यक्ष थापाले  उपभोक्ता सचेतना कार्यक्रमको लागि पहल गरि रहेको छौ भनी प्रतिबद्धता व्यक्त गरे । 

उक्त अधिवेशनमा अध्यक्ष गणेश कुमार साहले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिता सिग्देल भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 

उक्त अधिवेशनमा  प्रदेश अध्यक्ष सरल राज पोखरेल ,पुर्व केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष बीरेन्द्र कार्की ,पुर्व जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारी,सल्लाहकार ज्ञानेन्द्र ओलि,सल्लाहकार सन्तोष रौनियार ,सल्लाहकार मणिलाल श्रेष्ठ ,सल्लाहकार प्रदीप खनाल,पुर्व केन्द्रिय सदस्य राजेश निरौला लगायतको आतिथ्यता रहेको थियो। 

कार्यक्रम संयोजक सुनिल बोहोराले स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रम संचालन सहसचिव रामकृष्ण खड्काले गरेका । 

367444380_2315504561993445_5112175496557960478_n (2)