काठमाडौं—इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू इरानको हमलामा मारिएको हल्ला फैलिएपछि उनको सामाजिक सञ्जाल खातामा कफी पिइरहेको भिडिओ सार्वजनिक भएको छ ।

यद्यपि उक्त भिडिओ कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको हुनसक्ने दाबी समेत गरिएको छ । तर नयाँ दिल्लीस्थित इजरायली राजदूत रुवेन अजारले भने भिडिओ एआईबाट बनाइएको नभई वास्तविक भएको बताएका छन् । उनले आफूले जेरुसेलममा केही अवस्थामा नेतान्याहूलाई देखेको समेत बताएका छन् ।

यता इरानी सेनाले हालै एक वक्तव्य जारी गर्दै यदि नेतान्याहू जिउँदो रहेको पुष्टि भए उनलाई खोजेर मार्ने घोषणा गरेको जनाएको छ ।

इरानले नेतान्याहू सयौँ बालबालिकाको हत्याका लागि जिम्मेवार भएको आरोप लगाउँदै उनलाई बाँच्ने अधिकार नभएको दाबी गरेको छ ।