काठमाडौं । पछिल्लो समय राजधानीमा लामो समयको लकडाउन र निषेधाज्ञाका कारण भोकै पर्नेको संख्या थपिदो छ । धेरै ब्यबसायहरु बन्द रहेका छ्न र धेरैको रोजगार पनि गुमेको अबस्था छ ।
यही समस्यालाई बुझेर केही मनकारी समाजसेवीहरु काठमाडौंका धेरै ठाउमा खाना खुवाएर गरिब,श्रमिकहरुको भोक मेटाउन दैनिक व्यस्त छन् । यो अभियानमा अनेरास्ववियुका नेता सुदेश पराजुली पनि जोडिएका छन ।
नेता पराजुली खुल्लामंचमा खाना खुवाउने अभियानमा लागि रहदा त्यो खुल्ला आकाश मुनि एक कलिला बालकमा उनको आँखा पर्न गयो । स्थायि घर गोर्खा आरुघाट भएको हाल काठमाडौ असन बस्ने शोभियत / सबिना जो यो महामारीले गर्दा अत्यन्तै समस्यामा परेर खाना खानको लागि सानो छोरा सिजल परियार लिएर खुल्लामञ्च पुगेका थिए ।
त्यो परिवारको त्यो दयनीय अबस्था र दुख देखेर नेता पराजुली आज त्यो बालककोमा केहि खाद्यान्न र शैक्षिक सामाग्री लियर पुगेका छ्न ।
त्यो परिवारको दयनीय अबस्था र भविष्यका कर्णधार खाना खाने समस्याले पीडित हुनु नपरोस भन्दै खाद्यान्न र शैक्षिक सामाग्री लियर पुगेको नेता पराजुली जानकारी दिए र बालकको थप शैक्षिक भबिस्यको शुभकामना दिदै यो कार्य सहयोग गर्ने कल्याण बुढाथोकीलाई पनि पराजुलीले धन्यवाद दिएका छन् ।



















