विराटचोक,२९ भदौ। मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीको परिवारलाइ सहयोग जुट्न थालेको छ ।लामो समयसम्म लकडाउनका कारण बेरोजगारभइ परिवार पाल्न नसकेपछि आत्महत्या गरेका सुन्दरहरैचाका अशोकको परिवारलाई सहयोगी मनकारी दाताहरु र संघ सस्थाहरुले सहयोगको हातहरु बढाउन थालेका छन।

119219625_794762981064432_4174869332383700194_n

यसैक्रममा सुन्दरहरैचाको उधोग बाणिज्य संघका अधक्ष्य नवराज चापगाइको नेतृत्वमा गएको लगायतका पदाधिकारीहरुले सोमबार दर्जीको परिवारलाई भेटेर समबेदना प्रकटगर्दै नगद ५ हजार एक सय सहयोग गरेको छ। साना साना नानीहरु त्यसमाथि पनि बावुले आत्महत्या गरेपछि अनि साथमा आमापनि नहुनुले अवस्था पिडादायिक छ अधक्ष्य चापगाइले भने '।

ति बालबलिकाहरुलाइ सहयोगगर्न स्थानीय युवाहरु कुमार मिझार, पुस्प जोगी,शान्ती गजमेरको अगुवाइमा सहयोगको अभियान शुरु भएको छ भने सो अभियानमा सुन्दरहरैचाका नेता भक्ताकिरण राइले १० हजार नगद र त्यसैगरी युवासंघ मोरङ्गले खादन्न सामाग्रि , २ बोरा चामल , चिउरा तेल नुन, मटर, सरफ साबुन, चिनि र नगद ५ हजार ५ सय सहयोग गरिसकेको छ र अन्य सहयोगी दाताहरुबाट सहयोग जुट्ने क्रम सुरु`भएको छ ।

गत भदौ २४ गते आत्महत्या गरेका अशोक दर्जीको दैनिकी दुःख सुख चलेकै थियो मजदुरी गरेर ६ जनाको परिवार पालेका थिए । राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी श्रीमतीलाई दलालले दिल्ली पुर्‍याए । दिल्ली पुगेको केही दिनपछि लकडाउन सुरु भयो र श्रीमती दिल्लीमै अलपत्र छिन् ।

निर्माण क्षेत्रमा मजदुरी गर्ने अशोकले पनि काम पाएनन् । आम्दानीको बाटो बन्द भयो, परिवारमा भोकमरी नै लाग्ने स्थिति आयो । अशोकले आत्महत्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको बिचल्ली भएको छ ।

119592735_725199461362371_8313783743007359093_n