बिराटचोक २९ भदौ । मोरंगको केराबारी गाउपालिका स्थित नेकपा निकट रास्ट्रीय युवासंघ नेपालका युवाहरु सामाजिक सेवामा सक्रिय रुपमा लागिपरेका छन । लकडाउन भए यता मानिसहरुको दैनिकी जीवनमा पर्ने बिभिन्न खालका मानबिय सेवामा लागिपरेका छन । लकडाउनको समय यतादेखि मात्रै हेर्नेहो भनेपनि सामाजिक क्षेत्रमा धेरैनै कामहरु गरीसकेको छन ।

119049561_3329696583745233_3606267284347851009_o

 

'कोरोना भाइरस बिरुद्ध हामी सबैको नारा 'राष्ट्रिय युवा संघ नेपाल जनताको सहारा " भन्ने नारा लिएर कहिले सार्वजनिक क्षेत्रहरुमा निर्मलीकरण गरेर होस या कहिले केरावारी वडा नं १० कालीपोखरी निवासी ७६ वर्षे टिका प्रसाद गौतम जस्ता जेष्ठ नागरीकको घरमा गएर नगद सहित खाध्य सामाग्री सहयोग गरी चुल्हा बाल्ने काम होस् या केहि न केहि सहयोग गरेकै हुन्छन । यसैक्रममा आइतबार केराबारी वडा नं १० निवासी ७५ वर्षिय एकल जेष्ठ आमा लिलामाया मगरलाई खाधान्न सामग्री ,नगद सहयोग गरेका छन ।

119205826_1810267795803219_2793285620689151832_o

 

यस्तो विषम परिस्थितिमा परेको दुखलाइ थोरै भए पनि केहि मलहम लगाउने कोषिश गर्दै राष्ट्रिय युवा संघ नेपाल केराबारीको टिम अभियानमा रहेको नेता बिबेक भुजेलले बताए । त्यस्तै केही दिन अघि केराबारी ८ आमजुङ्गी निवासी कला राई लाई प्रेसरको समस्याले गर्दा थला परेको अवस्थामा  थिइन र आर्थिक अभावको कारण उपचार गर्न नसकेको हुदा युवा संघ केराबारीले ८ हजार नगद सहित अस्पतालसंग समन्वय गरि उपचारको लागि बिराटनगर पठाउने काम गरेको छ । उपचार पछि पनि  बिरामीलाई थप सहयोग गर्ने अर्का युवा विश्वास बस्नेत ले बताए । यो अभियानमा धेरै युवाहरुको साथ र बिभिन्न ब्याक्तित्वहरु बाट हौसला प्रादान भएको हुदा यो अभियानमा लाग्न प्रेरणा मिलेको युवासंघ केराबारीको संगठन विभाग प्रमुख टंक लिम्बुले बताए ।

119194543_1810267715803227_3769375040027668169_o

युवाहरु यसरी स्वत स्फुर्त रुपमा सामाजिक क्षेत्र सक्रिय भएर लाग्दा समाजको सरचना असल हुने र यस्तों उदारणीय कामप्रति आफुलाई खुशी लागेको नेकपा केराबारीका अधक्ष्य राम कार्कीले बताए । यतिमात्र नभई युवा संघ केराबारीका युवाहरु बिचार बिनाको राजनिती काम न लाग्ने भएको हुदा बेलाबेलामा बिभिन्न प्रशिक्षिकहरु मगाएर माक्सबाद अध्यन पनि गर्ने गर्छन यसका साथसाथै जनबादी गितहरु गाउन,बजाउन पनि उत्तिकै सिपालु छन् । बेलाबेलामा पुराना र भूमिगतकालमा जनवादी गितहरु गाउँदा २० बर्ष अघिको कम्युनिष्ट भएको महसुस गराउने नेकपाका पुराना कम्युनिष्ट नेता देवकुमार नेपाल बताउछन । यस्तै जोस र जागरको कारणले केराबारीमा नेकपाको युवाहरु उदारिणीय बन्ने पक्का छ ।

119155696_1810267739136558_1349151405810901477_o 119583500_3332995823415309_310549059810623420_o