धरान,भदौ ३० । सार्बजनिक पदमा रहदा पदको दुरुपयोग गरि गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको आरोपमा धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्ब उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासलाइ अख्तियार अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।

दासले सार्वजनिक पदमा वहाल रहदा ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैया गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भए पछि उनी माथी मुद्दा दायर गरियेको हो । उनी २०५० सालमा असिस्टेन्ट रजिस्ट्रारबाट प्रतिष्ठानमा प्रबेश गरेका थिए ।

आयोगले सार्बजनिक गरेको बिज्ञप्ति अनुसार तत्कालीन डा. बलभद्रप्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय ७ करोड ६० लाख १० हजार ४ सय ८९ रुपैया ८० पैसा आर्जन गरेको र सोही अवधिमा निजले १५ करोड ३२ लाख ३ हजार ३ सय ५० रुपैया ४ पैसा खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रू ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैया २४ को खर्च तथा लगानीको स्रोत खुल्न नआएको उल्लेख गरिएको छ ।

उनलाइ भ्रष्टाचार निवारण ऐन अनुसार ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रूपैया र चौबीस पैसा बिगो कायम गरीएको छ ।

उनको चलअचल सम्पत्तिबाट जफत हुने तथा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती पुनम दासको नाममा राखेको देखिएकोले उनको नाममा रहेको सम्पत्तिबाट जफत गरिने जनाएको छ । आयोगले विशेष अदालत काठमाडौंमा मंगलबार आज आरोप पत्र दायर गरेको छ ।कोशी पत्रबाट