बिराटनगर,५ असोज । लामो समयदेखि उपचारमा रहेकी निरादेवि खुलाल खड्कालाई नेपाल खड्का समाजले सहयोग गरेको छ। दिमागमा रगत जमेर दुई पटक सम्म सल्यक्रिया गरिसकेकि खड्कालाई खड्का समाजले सोमबार ४० हजार सहयोग गरेको छ।

आर्थिक अभावको कारण उपचारमा समस्या भएको जानकारि आएपछि नेपाल खड्का समाजले सोमबार उनलाई सहयोग गरेको छ ।  बिराटनगरको नोबेल अस्पतालमा विगत ६ महिना देखि उपचारत उनलाई खड्का समाजकी कोपिला खड्काले बिरामी र उनको परिवारलाई सहानु प्रकटगर्दै सहयोग रकम हस्तान्तरण गरेकी छन ।

बिरामी खड्काको उपचारमा खर्च अभावले समस्यामा परेको भनेर सामाजिक संजालाहरुमा जानकारी आएपछि खड्का ग्रुपको मार्फत सहयोग अभियान चलाएर सहयोग रकम संकलन गरीएको ग्रुपका एडमिन सुमन खड्काले जानकारि दिए ।

ईलाम, शान्तिपुर वडा नं ८ स्थायी घर भएकी खडकाको दिमागमा रगत जमेर दुई चोटि सल्यक्रिया ( दिमाग को दाहिने पट्टिको नसा सुकेको र टाउकोको दाहिने पट्टिको हड्डी काटेर फालेको ) गरिसक्दा पनि होस नआएर कमसेकम ६ महिना रहनु पर्नेछ।

त्यस बेलादेखि उनिहरुले सबै खर्च उठाई रहेको तर अहिले घरको अवस्थापनि नाजुकहुँदै गैरहेको र यस विषम परिस्थितिमा उनलाई तथा उहाँको परिवारलाई सहयोग गरिदिनु उपचारमा अझै निक्कै खर्च लाग्ने र केहि महिना अस्पतालमै बस्नुपर्ने भएको हुदा र अन्य सहयोगी महानुभाबहरुलाई खड्का समाजले सहयोगको अनुरोध पनि गरेको छ। उपचारमा सहयोगगर्न इच्छुक महानुभाबहरुले निरादेविको छोरि रंजना खड्काको नेपाल एस.वि.आई. बैकमा रहेको खाता नम्बर २१११५२४१४०४५०५ सहयोग गर्न सक्नुहुने छ ।

सो ग्रुपले श्रावण २५ गते बाजुराको गौमुला गाउपालिकामा गएको बाढी पिडितहरुलाई घट्ट निर्माणको लागि २० हजार सहयोग गरेको र लकडाउनको समयमा मात्रै ५ जनालाई उपचारमा सहयोग तथा रंगेलिमा खाद्यान्न सामग्री वितरण गरिसकेको एडमिन खड्काले जानकारी दिए ।

सहयोगीदाताहरु यसप्रकार हुनुहुन्छ : 

119706129_352076119468309_8333072929391678209_n

119884489_3238193282963714_7276314726171484936_n