काठमाडाैं,१५कर्तिक। काठमाडाैं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा भाडालिस्ट नटाँसे कारबाही हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नभए वा नटाँसे त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जनाएको हो । कारबाहीका लागि महाशाखाले शुक्रबारदेखि अभियान नै थालेकाे छ ।
शुक्रबा सय २९ वटा सवारी साधनहरूमा भाडादर टाँसेको महाशाखाले जनाएको छ । याे अभियानलाई आज पनि निरन्तरता दिइएकाे ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयाे ।
सार्वजनिक गाडीले नियम विपरित चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न र यात्रुकाे सहजतका भाडादर टाँस्नुपर्ने अभियान थालिएको एसएसपी ढकालले बताउनुभयाे । यात्रुलाई आफनो गन्तव्य सम्मको भाडादर सजिलै थाहा पाइ ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको सूची सवारीमा अनिवार्य राख्न भनिएकाे ढकालले बताउनुभयाे ।



















