मोरङ । कृषि सहकारी र प्राकृतिक श्रोत समिति, सदस्यसमेत रहेका संघीय सांसद घनश्याम खतिवडाले पारिवारिक निजी वन किसान मुखी कानुन बन्ने बताएका छन् ।

बिहिबार मोरङको कानेपोखरीमा पारिवारिक निजी वन संघ नेपालको केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा सांसद खतिवडाले सो कुरा बताएका हुन् ।

131503005_827173664786648_3400300387785177061_n 1

परिवारिक निजी बन किसान मुखी बनाउन आफूहरु लागि परेको बताए । वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख काट्ने काम राष्ट्रिय हित विपरीत रहेको उनको भनाइ थियो ।

पारिवारिक निजी वन संघ नेपालको केन्द्रीय समितिको टोली बिहिबार निजी वन भ्रमणको क्रममा मोरङ कानेपोखरी आइपुगेको हो । स्थानीय तहमा वन कानून निर्माण गर्दा परिवारिक निजी वनलाई किसान मुखी बनाउन उत्प्रेरित गर्ने उदेश्यले जनप्रतिनिधि हरुवीच छलफल आयोजना भएको थियो ।

131078179_409439483583770_4700276795709584568_n

कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफलेले स्वागत गरेका थिए । स्वागत गर्ने क्रममा कानेपोखरीमा परिवारिक वन किसान मुखी बनाउने आस्वासन दिएका छन् ।

कार्यक्रम सञ्चालनको क्रममा संघका के्रन्द्रीय सचिव नवीन पौडेलले पारिवारिक निजी वनलाई तस्करहरुको चंगुलवाट हटाउन किसान मुखी ऐन कानुन निर्माण हुनुपर्ने बताए ।

उनले स्थानीय तहवाटै निजी वन दर्ता, कटान र विक्री वितरण सहज पाउनु पर्ने बताए । संघले धान, कोदो, कमै लगायतका बाली जस्तै निजी जग्गामा वन लगाउन कटान र बिक्री वितरण सहजहुने कानून निर्माण हुनुपर्ने माग राख्दै आएको छ । निजी वनमा वीमाको सुविधा, बैंक धितो राख्न मिल्ने सुविधा राज्यतहवाटै उपलब्ध भए वन बिकासको साथै किसानहरुले सहज महशुस गर्ने बताए ।

131502988_1146023172498176_6374145505922907565_n

पारिवारिक निजी वन संघ नेपालको केन्द्रीय उपाध्यक्ष लक्ष्मण पाठकको सभापतित्वमा भएको कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली, कानेपोखरी गाउँपालिका उपप्रमुख राजमति इङ्नाम, २, ६ र ७ नम्बर वडा अध्यक्षहरु क्रमस शुसिल बुढाथोकी, खड्ग बस्नेत र मोहनप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।